बर्दघाट जेसिजले दियो १५ थान पिपीई

0

बर्दघाट २६ चैत्र – बर्दघाट जेसीस (प्र)वर्ष २०२० ले बर्दघाट नगरपालिका भित्र रहेका एम्बुलेन्सका चालकहरुको सुरक्षालाई मध्यनजर गरी १५ थान प्राईभेट प्रोटेक्सन ईक्यिुपमेन्ट (पिपीई ) प्रदान गरेको छ । बुधवार जेसीसका पदाधिकारीहरुले नगरपालिका भरीका एम्बुलेन्सका चालकलाई प्रदान गर्नका लागि नगरपालिका पुगेर नगर प्रमुख धिरज शर्मालाई उक्त पि.पीई. हस्तान्तरण गरेका छन् । जेसीसका अध्यक्ष गणेश न्यौपाने महासचिव मोहन सापकोटा ,कार्यक्रर्यक्रम संयोजक,शिव अर्याल,निर्मल पाण्डे,राजु न्यौपाने,दिनेश न्यौपाने लगायतको टोली नगरपालिका पुगेको थियो । कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि सहज मानिएको पिपि।ई भएपछि चालक सुरक्षित हुने भएकाले उक्त १५ थान पि पि ई सहयोग गरेको जेसीसका महासचिव मोहन सापकोटाले जानकारी दिनु भएको छ ।

You might also like