एबीसी नेपालले बालबालिकालाई घरमै पढाउने सिकाइ क्रियाकलाप गराउदै

0

उमेश बिश्वकर्मा
नवलपरासी : कोरोना भाइरसको रोकथामको लागि सरकारले लकडाउन गरेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको पढाइ बन्द छ । परीक्षा रोकिएका छन्। । यो बेला घरमै बस्दा विद्यार्थीले पढ्ने र गर्न सक्ने क्रियाकलापबारे धेरै संघ संस्थाले सामग्री प्रकासन प्रसारण गरेका छन् । लकडाउनको विषम परिस्थितिमा एबिसि नेपालले पश्चिम नवलपरासीको सरावल गाउँपालिका , पाल्हीनन्दन गाउँपालिका तथा सुस्ता गाउँपालिकाका बालबालिकाको घरमै पढाउने सिकाइ क्रियाकलाप गराउदै आइरहेको छ ।
एबिसि नेपाल तथा स्ट्रोम फाउन्डेसन नेपाल द्वारा सन्चालित सम्बाद कार्यक्रमका किशोर किशोरीहरुको घर घरमा एनिमेटर गई समाजिक दुरी कायम गरि बालबालिकालाई पढाउने काम जारी राखिएको छ ।
हालको अवस्थामा होम कोचिङ,ग्रुप छलफल ,साथिसंग मनका कुरा (फोनबाट साथिसंग छलफल ),बाल बगैंचा ,आमा सम्बाद केन्द्र ,एक घर एक करेसाबारी लगाएत तमाम कार्यक्रमलाई निरन्तर्ता दि रहेको एबिसि नेपालकि सहजकर्ता साहिदा नेसाले जानकारी दिनुभयो ।
लकडाउनमा बालबालिकाहरु घुम्ने , खेल्ने ,मोबाइल चलाउने , अभिभावकलाई सताउने तथा बिग्रिने सम्भावना धेरै भएता पनि एबिसि नेपालीको कार्यक्रमले गर्दा बालबालिकामा सकारात्मक परिवर्तन आएको हुनाले अभिभावकहरु खुशि ब्यक्त गरेका छन ।

You might also like