सरावल ४ द्वारा टोलवासीलाई मास्क र साबुन बितरण

0

उमेश बि.क .
नवलपरासी २५ चैत : पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका वडा नं ४ वडा कार्यालयको आयोजनामा सम्पुर्ण टोलमा मास्क र साबुन बितरण गरिएको छ।
सरावल गाउँपालिकाका वडा नं ४ वडा अध्यक्ष छोटेलाल यादवको अध्यक्षतामा वडा नं ४ का स्थानीय जनताहरुलाई घरका सम्पुर्ण परिवारलाई मास्क तथा १ वटा साबुन बितरण गरिएको वडा सदस्य सुर्य नरायण यादवले जानकारी दिनुभयो । मास्क र साबुन बितरणमा वडा नं ४ वडाध्यक्ष छोटेलाल यादव,वडा सदस्य सुर्य नरायण यादव,वडा सदस्य जन्तीरा सहानी ,गोबरहिया प्रहरी चौकी इन्चार्च सिबि ओली कार्यालय सहयोगी राजेश यादव लगायतको सहभागिता रहेकोे थियो।

You might also like