नेपाल उद्योग बाणिज्य महासंघद्धारा पत्रकारलाई मास्क

0

नवलपरासी २४ चैत – नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५ ले नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखालाई ३ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ । समाचार संकलनका क्रममा फिल्डमा खटिने पत्रकारहरुलाई वितरण गर्ने गरी सोमबार महासंघका प्रदेश ५ अध्यक्ष गुणनिधि तिवारीले जिल्ला शाखा अध्यक्ष हरि शर्मालाई मास्क हस्तान्तरण गर्नुभएको हो ।
‘कोरोना संक्रमणविरुद्धको अग्रपंक्तिमा पत्रकारहरु पनि रहेका छन् । जोखिम मोलेर समाचार संकलन गर्न बाहिर निस्कने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने भएकाले मास्क दिइएका हौं । ’ अध्यक्ष तिवारीले भन्नुभयो ।
महासंघबाट प्राप्त मास्क फिल्डमा प्रत्यक्ष खटिने पत्रकारहरुलाई उपलब्ध गराइने पत्रकार महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले बताउनुभयो ।
त्यसैगरी कोरोना संक्रमणमा जोखिम मोलेर काम गर्ने जिल्लास्थित सुरक्षा निकाय र एम्बुलेन्स चालकहरुलाई पनि नेपाल उद्योग वाणिज्य महासंघले मास्क उपलब्ध गराएको छ ।

You might also like