बसहीमा सचेतना कार्यक्रम

0

बासा – पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं १ बसहीनयाँटोलमा शुक्रवार सचेतना तथा साबुन बितरण गरिएको छ।
कोरोना भाइरसको संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न जिल्लाको सरावल गाउँपालिकाका वडा नं १ का युवाहरु स्थानीयहरुको घर घरमा पुगी कोरोना भाइरसबाट बच्ने उपायहरु बारे घरका अभिभाबकहरुलाई सचेत गराईरहेका छन् ।
सगरमाथा युवा क्लब बसही नयाँटोल द्वारा क्लबका अध्यक्ष टापेन्द्र प्रसाद न्यौपानेको संयोजकत्वमा सरावल १ बसही नयाँटोलमा २५० घर धुरीलाई सचेतना गराउदै साबुन बितरण गरिएको हो । बितरण तथा सचेतना कार्यक्रममा स्थानिय युवाहरुको सक्रिय सहभागिता रहेको थियो
क्लबलाई वडा र गाऊपालिका स्तरबाट सहयोग भएको ण्डमा वडा न।१ भरि नै कार्यक्रम आयोजना गरिने क्लबका अध्यक्ष टापेन्द्र प्रसाद न्यौपाने जानकारी दिनुभयो ।

You might also like