सचेतनापूर्वक सेल्फ क्वारेन्टाइनमा बस्न जनप्रतिनिधिहरुको आग्रह

स्थानीय चिन्तित

0

चौपत्ता १४ चैत्र – पश्चिम नवलपरासीका बर्दघाट नगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई सचेतनापूर्वक सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले कोरोनाबाट हुन सक्ने सक्रमणबाट बच्न र बचाउन त्यस्ता ब्यक्तिहरु सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख गर्दै प्रत्येक वडालाई तथ्यांक संकलन गर्न निर्देशन समेत दिनुभएको हो ।त्यस्तै अत्यावश्यक बस्तुबेच्ने खाद्य पसलहरु खोल्न र होम डेलिभरीको ब्यवस्था मिलाउन, दुध, तरकारी फलफूल तथा खाद्य बस्तु बेच्ने पसलमा अनिवार्य मास्क तथा स्यानीटाईजर प्रयोगमा ल्याउन, भौतिक दुरी कायम राख्न ,अत्यावश्यक सामान ढुवानी गर्नुपरे नगरपालिकामा समन्वय गर्न र क्वारेन्टाइनमा एक जनाको एकजना मात्र कुरुवाको ब्यवस्था गर्न सबै वडा कार्यालयलाई निर्देशन गरिएको छ ।


त्यस्तै बर्दघाट–१६ मा भारतबाट आएका १९ जना सहित जम्मा २२ जना बैदेशिक रोजगारीबाट आएकाहरु गाँउघरमा फेला परेका छन् ।
भारतबाट आएका र २ जना कतारबाट र १ जना दुवैबाट आएकाहरु गाउँमा डुलिरहदाँ स्थानीयहरुलाई असहज महसुस भइरहेको स्रोतले बताएको छ । उनीहरु दिनभर गाउघरमा डुल्ने र क्यारेम बोर्ड तथा तास खेल्ने गर्दा स्थानीयहरु चिन्तित भएका हुन ।
त्यस्तै वडासहित वडा १३ , १४, १५ र १६ मा ती बैदेशिक रोजगारबाट आएकाहरुको घरलाई लक्षित गरी किटनाशक औषधि समेत छरिएको बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले उनीहरुलाई गाउघर नडुल्न र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै उनीहरुका घरलाई लक्षित गरी किटनाशक औषधि नगर प्रहरी लगाएर छरिएको बताउनुभयो ।
त्यस्तै नगरपालिकाको निर्देशन अनुसार वडामा भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बर्दघाट–१६ का वडाध्यक्ष सुकबहादुर गुरुंगले बताउनुभयो । नगर प्रमुख र छिमेकी वडाका वडाध्यक्षसहितमा जनप्रतिनिधिहरुले तिनीहरुका घरमै पुगेर सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

You might also like