९ दलीय संयुक्त जनसभाको तयारी गरिदैं

संयुक्त बैठक

0

बुटवल १७ माघ – अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले नेपाली सार्वभौमसत्ता माथि हस्तक्षेप गरेको विरोधमा ९ दलले बुटवलमा माघ २४ गते संयुक्त जनसभा तयारी गरेका छन् ।
बैदेशिक हस्तक्षेपका बिरुद्ध कार्यगत एकता गरेका बाम तथा देशभक्त पार्टीहरुले बुटवलमा आयोजना गरेको जनसभाको तयारी शुरु गरिएको क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा प्रदेश पाँचका सेक्रेटरी प्रेम सुवेदीले बताउनुभयो । बुटवलमा हुने सभालाई सफल बनाउनका लागि प्रदेश तथा जिल्ला जिल्लमा संयुक्त बैठक सम्पन्न गरिएको समाचार प्राप्त भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी ), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (मसाल) राष्ट्रिय जनमोर्चा, नेकपा (माले) नेकपा (माओवादी केन्द्र) जनसमाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , राष्ट्रिय जागरण परिषदले संयुक्त कार्यक्रम सार्वजनिक गर्दै कार्यगत एकता गरेका थिए । लिम्पियाधुरा,लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा समावेश गरेको र अमेरिकी साम्राज्यवाद द्धारा ईन्डो प्यासिफिक रणनीति अन्तर्गत ल्याईएको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)लाई संसदबाट पारित सरकार लागेको भन्दै नौ दलले संर्घषका कार्यक्रम तय गरेका थिए । माघ २४ गते ५ नम्बर प्रदेशको बुटवलमा गर्ने कार्यक्रम तयारी स्वरुप शुक्रवार राष्ट्रिय जनमोर्चाको कार्यालय बुटवलमा संयुक्त बैठक भएको थियो । बैठकले विशाल जन प्रर्दशन सहित बुटवलको ट्राफिक चोकमा बिरोध सभा सम्पन्न गर्ने निर्णय गरेको छ । बिरोध सभालाई भव्यरुपमा सफल पार्नका लागि प्रेम सुवेदी चेतनाथ आचाय, गोपालमणि गौतम, नारायण जिसी, निमकला पुन रहेको ५ सदस्यीय ब्यवस्थापन समिति गठन गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलमले जनाउनुभयो।
उक्त बिरोध सभा मा प्रदेश ५ का १२ वटा जिल्ला बाट जनसहभागिता जुटाउने पनि जनाएको छ । त्यस्तै सभामा पश्चिम नवलपरासीबाट समेत सहभागिता हुने क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी चोलाले बताउनुभयो । त्यसका लागि जिल्लामा संयुक्त बैठक बस्ने तयारी भएको उनले बताउनुभयो ।

You might also like