नेप्से परिसूचक १९.८४ अंकले घट्यो, सेयर कारोबार पनि खुम्चियो
बुधबार १९.८४ अंकले घटेको बजार २७३४.४४ विन्दुमा आएर रोकिएको छ । एमसीसी संसदमा टेबुल हुने खबरले मंगलबार भने बजार दोहोरो अंकले बढेको थियो ।
बुधबार अन्य र जीवन बीमा उपसमूहबाहेक सबै उपसमूह राताम्य भए । घटेको बजारमा समेत बुधबार गुराँस लघुवित्त, ज्योती लाइफ इन्स्योरेन्ससहितका कम्पनीको मूल्य घेरै बढ्यो । बुद्धभूमि नेपाल हाइड्रो, मैलुङखोला जलविद्युत, सिंगटी जलविद्युतसहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।onlinekhabar