चक्कु प्रहार गरी हत्या

0

संजय तिवारी
सुनवल ९ माघ – सुनवल–३ कृतिपुरमा चक्कु प्रहारबाट घाइते भएका २४ बर्षीय युवा जगदिश गुरुंगको मृत्यु भएको छ । बुधवार चक्कु प्रहारबाट घाइते उनको बुटवल सिटी अस्पतलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी तथा डिएसपी बिरेन्द्र थापाले बताउनुभयो । गुरुंगलाई चक्कु प्रहार गरेको आरोपमा स्थानीय महादेव पुनलाई प्रहरीले पक्राउ गरेको छ । मादक पद्धार्थ सेवनको कारण विवाद हुदाँ घटना हुन पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुने कास्की बगर निवासी रहेको बताइएको छ ।

You might also like