विस्तारवाद र साम्राज्यवादसंग एकै पटक लडाई -प्रमोद
ईश्वरी प्रसाद गैरे
दाङ – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रमोदले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादसंग संगसंगै संर्घष गर्नुपर्ने समय आएको बताएका छन् । उनले भारतीय अतिक्रमण र एमसीसीको सन्र्दभमा सो कुरा बताएका हु्न ।शनिवार सो पार्टीको दाङ जिल्ला समितिले आयोजना गरेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले आन्दोलनको आँधीबेहरी सिर्जना गर्न जनतालाई गोलबन्द गर्न नेता कार्यकर्तालाई निर्देशन दिए । पार्टीका प्रदेश सचिव समेत रहेका उनले कालापानी जाऔं अभियान सफल बनाउन कार्यक्षेत्रमा खटन कार्यकर्तालाई निर्देशन दिए । उनले राष्ट्रियता गम्भिर संकटमा परेको बताउदैं खबरदारी आन्दोलनमा उत्रन आम नागरिकलाई आग्रह गरे ।
यसैगरी अर्का बक्ता नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समीर सिमा अतिक्रमणको बिषयमा गत बर्ष मेची महाकाली अभियानलाई जनताको बीचमा लगेपनि विश्वास नगरेको बताउदैं भारतले नक्सामा गाभेपछि भने सिंगो देश क्रान्तिकारी माओवादीको एजेण्डामा आएको बताए । उनले अबको भरोसा गर्ने पार्टी क्रान्तिकारी माओवादी हो भन्ने चर्चा समेत राष्ट्रियस्तरमा भइरहेको कुरा बताउदै पार्टीको योजना सफल पार्न दाङ जिल्लाका गाउँगाउँमा जानुपर्ने बताए । त्यस्तै जिल्ला सक्रेटरी सरलले जिल्लाको सङ्गठनको अबस्था र नेता कार्यकर्ताका कार्यभार बारे प्रशिक्षण दिए । कार्यक्रममा अजयले स्वागत तथा परिवर्तन संचालन गरेका थिए ।