तयारी कपडाले सिलाई पेशा धराशायी – ब्यवसायी

0

सुनवल – तयारी कपडाका कारण सिलाई पेशा धराशायी बनेको सिलाई कटाईमा सम्बद्ध ब्यवसायीहरुले बताएका छन् । उनीहरुले बजारमा उपलब्ध तयारी कपडाका कारण सिलाई कटाई ब्यवसाय धरापमा परेको भन्दै चिन्ता ब्यक्त गरे ।
शनिवार सुनवलमा सम्पन्न नेपाल कपडा तथा सिलाई व्यवसायी संघ नवलपरासीको प्रथम साधारणसभा तथा प्रथम अधिवेसनमा बोल्ने कपडा तथा सिलाई व्यवसायीहरुले उक्त कुरा बताएका हुन् । उनीहरुले अव व्यवसायीहरु युग सुहाँउदो तथा नयाँ नयाँ डिजाइनका कपडा उत्पादनमा लाग्नुपर्नेमा जोड दिए ।
सिलाई पेशा बालीघरे पेशाबाट माथि उठेपनि यसमा अझै समस्या र चुनौती रहेका कार्यक्रममा औल्याइएको थियो । कार्यक्रममा उनीहरुले सरकारले
निश्चित समयका लागि बिना धितो ऋण प्रवाह गर्दै पेशालाई सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिकाका नगर प्रमुख
कार्यक्रम भिमबहादुर थापाले शिप विकासका लागि नगरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सिलाई कटाई ब्यवसायीका समस्या प्रति आफू जानकार रहेको बताउदै नगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम नोपाल कपडा तथा सिलाई व्यवसायी संघ नवलपरासीका अध्यक्ष जोगन्द्र प्रसाद हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगर उपप्रमुख दधिराम अर्याल, महासंघका बरिष्ठ उपाध्यक्ष रामकुमार रणपाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा घरेलु तथा साना उदोग महासंघ प्रदेश ५ का बरिष्ठ उपाध्यक्ष उमानाथ पोखरेल, सिलाई व्यवसायी संघका पदाधिकारी रुपेश कुमार नेपाली, सुवाश परियार, कृष्ण अधिकारी, लोकबहादुर नेपाली, गणेश बराल, इश्वर नेपाली , लाल बहादुर परियार लगायतले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष बलराम कँवरको स्वागत मन्तव्य रहेको थियो । अधिवेशनले पुनः जोगेन्द्र प्रसाद हरिजनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको सचिव सन्तोष गौतम रहेका छन् ।

You might also like