राजमोको बर्दघाटमा अन्तरक्रिया

0

बर्दघाट – नेकपा ( मसाल ) सम्बद्ध राष्ट्रिय जनमोर्चा पश्चिम नवलपरासीले राष्ट्रियता गणतन्त्र र धर्मनिरपेक्षता बिषयक अन्तरक्रिया बर्दघाट ४ बाढिपिडितमा शुक्रवार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि अखिल छैठौंका महासचिव महेश जोशीले रहनुभएको थियो ।
कार्यक्रममा बिशेष अतिथि बामपंथी नेता कृष्ण राज पौडेल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का जिल्ला सदस्य रमेश बश्याल, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का जिल्ला सचिवालय सदस्य रामचन्द्र पोख्रेल ,ने.क.पा.माले का जिल्ला सचिव भरत पाण्डेय,ने.क.पा. मसाल का जिल्ला प्रबक्ता धनपति सापकोटा ,स्वतन्त्र बामपंथी बुद्धिजीवी सुर्य नाथ अधिकारी ,समाजसेवी जनक रावललगायतले राष्ट्रियताको पक्षमा आवाज उठाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रम रा.ज.मो.जिल्ला सल्लाहकार रेम राना को स्वागतमा भएको कार्यक्रममा रा.ज.मो. जिल्ला सल्लाहकार तिलक सुवेदीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख बक्ता महेश जोशी. र विशेष अतिथि कृष्ण राज पौडेलले टिप्पणी गर्नुभएको कार्यक्रमको अध्यक्षता राजमो जिल्ला अध्यक्ष कृष्ण अधिकारी र जिल्ला सचिब शोभाकान्त लामिछानेको संचालनमा भएको थियो ।

You might also like