पार्टी एकता टुङ्ग्याउन प्रचण्ड सक्रिय

0

मंसिर २३-नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज सोमबार बस्दै छ । पार्टी एकताका बाँकि काम टुङ्गो लगाएर जनतामा जाने तयारीमा रहेको नेकपाले सचिवालय बैठक बोलाएको हो । यस्का लागी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो दिनभर पार्टीका शिर्ष नेताहरु संग दिनभर परार्मश गर्नुभएको छ । सोमबारको सचिवालय बैठकमार्फत प्रचण्डले एकताका बाँकी काम टुङग्याउने र स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक बोलाउने तयारी गर्नुभएको छ ।प्रचण्डले आईतबार हिजो नेताहरु माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल लगायतका नेताहरुसँग छुट्टाछुट्टै भेटेर एकताका बाँकी कामबारे छलफल गर्नुभएको थियो । प्रचण्डसँग छलफल गर्न बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास खुमलटार पुगेका थिए ।तर उनीहरुले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएलगत्तै अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी काम चाँडै टुङग्याउने बताउदै आउनुभएको थियो । गत मंसिर ५ गतेयता कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले सचिवालयको बैठक दुई पटक बोलाईसक्नुभएको छ । रेडियो परासी

You might also like