सिमा अतिक्रमणका जन ऐक्यबद्धता बढदैं

अब जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र बुझाउने

0

नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी ) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा – नेपाल जिल्ला समिति पश्चिम नवलपरासीले भारतले गरेका सिमा अतिक्रमण बिरुद्ध जिल्लाका महेशपुर – सुस्ता जागरण अभियान अन्तरत कोणसभा सम्पन्न गरेको छ ।
जिल्लाको सिमावर्ती महेशपुरबजारबाट मंगलवार शुरु अभियान विहीवार सुस्ता गाउपालिकाको कुडियामा समापन गरिएको थियो । मोर्चाले भारतले लिम्पियाधुरा कालापानी लिपुलेक र सुस्ता लगायतका स्थानमा गरेको अतिक्रमणको बिरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा प्रर्दशन एंव कोणसभा गरेको हो ।
विहीवार जिल्लाको ४ स्थानमा प्रर्दशन भएको मोर्चाले जनाएको छ । जसअन्तरगत बर्दघाटको त्रिवेणीचोक , गोपीगंज, बेलाटारी र सुस्ता गाउपालिकाको कुडियामा कोणसभा गरिएको थियो ।
भारतीय विस्तारवाद मुर्दावाद, लिम्यिपाधुरा लिपुलेक र कालापानी हाम्रो हो, भारतीय सेना कालापानी छोड जस्ता नारा लगाउदै प्रर्दशन गरिएको थियो ।
कोणसभामा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य तथा जिल्ला सचिव छविलाल खरेल, प्रदेश सदस्य रवि पाण्डेय जिल्ला सचिवालय सदस्य चुडामणी भण्डारी दुर्गा नारायण थारु लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमलाई स्थनीयवासी ऐक्यबद्धता जनाएका थिए ।
यस अघि मोर्चाले जिल्लाको सिमावर्ती बजार महेशपुर , सदरमुकाम परासी , सुनवल बजार र भुमहीचोकमा प्रर्दशन तथा कोणसभा गरेको थियो ।
त्यस्तै देजमोले थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष राजु खनालले जानकारी दिनुभयो ।

You might also like