ताप्लेजुङका मालपोत अधिकृत घुससहित पक्राउ
११ वैशाख, काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो ।
जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । onlinekhabar