भिट्ठा बर्गदवामा आज महायज्ञ शुरु हुदैं

0

गोपीगंज २० मंसिर – पश्चिम नवलपरासीको प्रतापपुर–१ र ३ स्थित बाउन्नगढी कालिका मन्दिर भिट्ठा बर्गदवामा आज महायज्ञ उद्घाटन हुदैछ ।
दिउसो ३ बजे महायज्ञको संघीय माािमला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आजै मन्दिर परिसरमा करिब १ करोड १० लाखको लगानीमा बहुदेश्यिय भवनको शिलान्यास प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्मा हुदैछ ।
गरु गोरखनाथ विद्यापीठ बसरापुर गोरखपुरका शास्त्री पण्डित यज्ञाचार्य आनन्द दुबेको र नेपालका श्याम शरण जी महाराजको मुखारविन्दबाट सगिंतमय कथा प्रबचनहरु सहित यज्ञ हुने विहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।
यज्ञ २८ गतेसम्म सञ्चालन हुने छ । बाउन्नगढी कालिका मन्दिर संरक्षण ब्यवस्थापक संस्थाको आयोजनामा मन्दिर संरक्षण तथा दुर्गा मन्दिरको भौतिक पुर्वाधार निर्माणका लागी उक्त महायज्ञमा करिब ३५ लाख रकम संकलन गरिने लक्ष्य लिइएको मन्दिर सरक्षण ब्यवस्थापन समितिका सचिव रामचन्द्र चौधरीले जानकारी दिनुभयो ।
परापुर्वकाल देखी नै सो स्थान धार्मिक दृष्टिकोणले महत्वपुर्ण स्थान रहेको र सो का प्रबद्र्धनका लागी विविध कार्यक्रमहरु सञ्चालन हुदै आएको समेत जानकारी गराउनुभयो ।

You might also like