सहिद स्मृति सामुदायिक अस्पतालमा शुभकामना आदान प्रदान

0

चौपत्ता १० कार्तिक- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको चौपत्तास्थित सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम आइतवार भएको छ । विजयादशमी दिवापली एंव छठ पर्वको अवसरमा उक्त शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले संबिद्यानले स्वास्थ्य अधिकारलाई मौलिक हकको रुपमा राखेको उल्लेख गर्दै तत्काल राज्यले त्यसको कार्यान्वयन गर्न नसेकपनि विस्तारै आधारभुत स्वास्थ्यलाई सहज बनाउदै लगेको बताउनुभयो ।


उहाँले सहिद स्मृति अस्पतालले बर्दघाट नगरबाहेक पनि सरावल प्रतापपुर र सुस्ताका बासिन्दालाई समेत स्वास्थ्य सेवा दिएको हुदाँ ४ वटै स्थानीय तहको बीचमा समन्वय आवश्यक रहेको बताउनुभयो ।


त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेलले बर्दघाटमा ३ वटा बर्थिङ सेन्टर रहेको बताउदै अस्पतालले महिला एंव लक्षित वर्गका नागरिकको स्वास्थ्य सेवा प्रति विशेष ध्यान दिनुपर्ने सुझाव राख्नुभयो । कार्यक्रममा बर्दघाट वडा नम्बर १ का वडाध्यक्ष मोलीलाल सुनारले राम्रो बनाउने सोच संगै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने ब्यवहार समेत आवश्यक पर्ने स्पष्ट पार्नुभयो ।
अस्पतालका संस्थापक अध्यक्ष क्षेत्रबहादुर थापा क्षेत्रीले जनताको अथक प्रयासबाट सहिद स्मृति अस्पताल संचालन भएको स्मरण गर्दै स्वास्थ्य उपचार प्रति यसक्षेत्रका नागरिकको विश्वास पैदा गर्न बौद्धिक एंव सामाजिक ब्यक्तित्वहरुले समेत सहिद स्मृति अस्पतालमै उपचार गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सहिद स्मृति अस्पतालमा उपचार गराएर त्यहाँका बिशेषज्ञहरुको सल्लाह अनुसार अस्पतालले दिन नसक्ने सेवाका लागि मात्र बाहिर जाने वानीको विकास भए अस्पताल प्रति स्वतः विस्वास बृद्धि हुने तर्क गर्नुभयो ।

अस्पतालका सल्लाहकार शिवलाल कण्डेलले सहिद स्मृति अस्पताल बिशिष्ट परिस्थितिमा स्थापना भएको चर्चा गर्दै सदभाव र एकताबाट यसको बृति विकास हुने बताउनुभयो ।

कार्यक्रम अस्पतालका अध्यक्ष निमानन्द न्यौपानेको अध्यक्षता उपाध्यक्ष विश्वप्रेम पाठकको स्वागत ए.व सचिव डि.बी थापाको संचालनमा भएको थियो ।

You might also like