ग्रामीण साकोसको ‘नयाँ फड्को’

ऋण तथा वचतको काम मात्र गरेर हुदैन – सांसद अधिकारी

0

नवलपरासी २५ असोज – एसियाली ब्राण्ड प्राप्त ग्रामीण साकोस बर्दघाटको २६ औं साधारणसभा शनिवार बर्दघाटमा सम्पन्न भएको छ । हजारौ शेयर सदस्य तथा अतिथिहरुका माझ दाउन्नेदेवी माविको प्रागंणमा साधारण सभा सम्पन्न भएको थियो ।ऋण तथा वचतको काम मात्र गरेर हुदैन – सांसद अधिकारी
साधारण सभा उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य दिपेन्द्र कुमार अधिकारी सहकारीले वचत तथा ऋणको क्षेत्रमा मात्र काम गर्नु नहुने बताउदै उत्पादनसिल क्षेत्रमा समेत काम गर्नुपर्ने बताउनुभयो । उहाँले ग्रामीण सहकारीले आफूलाई राष्ट्रकै नमुना सहकारीको रुपमा उभ्याउने प्रयास गरेको भन्दै प्रदेश सरकार सहकारीक्षेत्रको प्रबद्र्धनमा लागेको उल्लेख गर्नुभयो । सांसद अधिकारीले समृद्ध नेपाल सुखी नेपालीका सबैको योगदान आवश्यक रहेको बताउनुभयो ।

सबै संग सहकार्य गर्न इच्छुक छौ – उपप्रमुख पौडेल
कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेलले नगरका संघसंस्थाले नगरको पहिचानका लागि काम गरेको भन्दै ग्रामीण सहकारी त्यसैको उदाहरण रहेको बताउनुभयो । उहाँले नगरपालिकाले नगरका सबै संघसंस्थासंग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।
संघसंस्थाहरुको ‘शुभेच्छा
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष चन्द्रकान्त चापागाई , संस्थाका सल्लाहकार बद्रीनाथ खनाल जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारी, टाईम साकोसका अध्यक्ष रुद्रप्रकाश उपाध्याय, दाउन्नेदवी महिला बहुउदेश्शीय सहकारी संस्थाकी अध्यक्ष देवी पौडेल, साना किसान कृषि सहकारी संस्था बर्दघाटका अध्यक्ष पशुपनि न्यौपाने ,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष इन्द्रकुमार राना बर्दघाट उद्योग काणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने न्यु भिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक रवि पाण्डेलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
पुरस्कार तथा सम्मान
कार्यक्रममा उत्कृष्ट वचत कर्ता, उत्कृष्ट बाल वचतकर्ता जेष्ठ वचतकर्ता एंव कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रविन्द्र बिक्रम हमालको अध्यक्षता सचिव कृष्णहरि पौडेलको संचालन उपाध्यक्ष देवी अधिकारीको स्वागतमा भएको थियो । कार्यक्रममा श्रुति संगितका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

परिमार्जन सहित प्रतिबेदन पारित
कार्यक्रमको बन्द सत्रले सचिव कृष्ण हरि पौडेलले प्रगति समिक्षा सहितको नीति तथा कार्यक्रम कोषाध्यक्ष सुरज केसीले आय तथा ब्यय र बितीय लक्ष्यको प्रस्ताव र लेखा संयोजक बोधप्रसाद पाण्डेले सुझाव सहितको लेखा प्रतिबेदन परिमार्जन सहित पारित गरेको छ भने बाह्य लेखा पारित गर्नुका साथै ९ वटा प्रस्ताव उपर छलफल गरी पारित भएको बताइएको छ ।
कार्यक्रममा शिक्षा उपसमितिको तर्फवाट संयोजक राधा ढकाल ऋण उपसमितिको तर्फबट संयोजक भेषराज पौडेल र महिला उपसमितिको तर्फबाट संयोजक मन्जु भटटराईले प्रतिबेदन पेश गर्नुभएको थियो ।

तस्विर सौजन्य- रामप्रसाद पौडेल

कस्तो छ ग्रामीणको प्रगति
२०५१ साल फागुन १ गते स्थापित ग्रामीण साकोसले सम्पुर्ण वितिय समाधान सहितको उत्कृष्ट प्रतिष्पर्धी सहकारी संस्थाको परिकल्पना सहित अगाडि बढिरहेको छ । यसले बिभिन्न आरोह अवरोह पार गर्दै पाँचौ पटक सम्म नेपालस्तरको प्रोब्यासन ब्राण्ड सहित एसियालीस्तर एसेस ब्राण्ड पाएको छ । प्रदेशस्तरको उत्कृष्ट वचत तथा ऋण सहकारी संस्थाबाट पुरस्कृत यस साकोसले आर्थिक बर्ष २०७५ ÷ ०७६ मा ग्रामीण साकोसले नयाँ फडको मारेको छ । देशभर एसियालीस्तरको ब्राण्ड पाउने २४ सहकारीमा ग्रामीण साकोस परेको छ । संस्थामा ०७४÷०७५ मा ६ हजार १ सय ३२ शेयर सदस्य रहेकोमा ०७५÷०७६ मा ७ हजार १ सय ८७ पु¥याइएको छ ।
शेयर तथा वचतको अवस्था
आव २०७४÷०७५ मा ४ करोड ६२ लाख ५८ हजार ६ सय शेयर पुजी रहेकोमा आव २०७५÷७६ मा ५ करोड १२ लाख ५ सय शेयर पुजी पुगेको छ । आ.व २०७५÷०७६ सम्म संस्थामा ३५ करोड ९४ लाख८२ हजार ८ सय ३३ रुपैया निक्षेप संकलन भएको छ । त्यस्तै आ.व २०७५÷०७६ मा २ करोड १९ लाख ३२ हजार १ सय २३ रुपैया खर्च कटाएर मुनाफा गरेको छ ।
वचत र ऋण उत्पादनसंग जोडिदैं
ग्रामीण साकोसले वचत र ऋणको काम मात्र नगरी उत्पादनमा समेत काम गर्दै आएको छ । मासिक वचत दैनिक वचत बाल वचत चाडपर्व वचत जेष्ठ नागरिक वचत सहित १५ वटा वचतका कार्यक्रम संचालन गर्दै आएको यस सहकारीले उद्योग ब्यवसाय , कृषि तथा पशुपालन गरी १४ वटा क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । ग्रामीण उत्पादक समुहबाट बर्दघाट ७ बेलाहानीमा ३ बिघामा तरकारी खेतीको प्रर्बद्धन संस्थाले गरिरहेको छ । सस्थामा वचत ऋण शेयर आर्थिक प्रसासन गरी कुल १५ वटा नीति र १० वटा कार्यविधि छन् । संस्थाले १६ वटा सचेत महिला समुहमा १ सय २२ जना महिला संगठित गर्दै जनचेतनाको क्षेत्रमा काम गर्दै आएको छ ।
आफ्नै भवन
ग्रामीण , स्वर्णीम र मिरमिर साकोस संग एकीकरण गरेको यस संस्थाले भुताहा जहदा र बर्दघाटमा कार्यालय छ । संस्था दिगो विकास लक्ष्य सहित बर्दघाट ७ जिमिरेभारमा ८५ लाख रुपैयाको लागतमा आफनै भवन निर्माण सम्पन्न गरेको छ । सुबिधा सम्पन्न सो मुख्य कार्यालयको निर्माण सम्पन्न भई फर्निसिङका काम भइरहेको ब्यवस्थापक अनन्त पाण्डेले जानकारी दिनुभयो । त्यस्तै संस्थामा १६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।

You might also like