‘ब्याजको प्रलोभनमा विचल्ली’

0

ठगी अभियोगमा पक्राउ
कार्की दम्पतीलाई रकम लगाउनेहरुको बिचल्ली
नवलपरासीको बर्दघाट ४ का सुर्यबहादुर कार्की र कमला कार्की दम्पती ठगीको अभियोगमा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बर्दघाटले उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चलान गरेको थियो ।

बर्दघाट  प्रहरी

त्यस्तै उनीहरुले ८१ जनाबाट नगद लिएको र नतिरेकोले प्रहरी स्रोतको दावी छ । यद्धपि कार्की दम्पतीलाई रकम दिनेहरुको जाहेरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।  कार्की दम्पतीले करिब ९ करोड ५० लाख रुपैया लिएको स्विकार गरेका छन् । प्रहरीले उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुुसन्धान गरेको बताएको छ । यस काण्डमा नवलपरासी बर्दघाटमा आफूलाई गन्नेमान्ने समाजसेवी भन्नेहरु नै परेको बताइन्छ । कार्की दम्पतीले यति धेरै नगद के गरे ? र उनीहरुलाई मिटर ब्याजमा नगद लगानी गरेको हुनसक्ने बितीयक्षेत्रका अगुवाहरु बताउछन् । कार्की दम्पतीबाट चर्काे ब्याज समेत लिइएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्ता पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मराशिनीले उनीहरुसंग लेनदेन गरेकाहरु प्रहरी प्रशासनमा आउने क्रम जारी रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरिक्षक (एसपी) लालमणी आचार्यले कार्की दम्पतीलाई म्याद थप गरी अनुसन्धान थालिएको बताउनुभयो । उहाँँले २९ जनाले उनीहरु बिरुद्ध जाहेरी दिएको भएपनि सबै कारोवारलाई ठगी भन्न नमिल्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो कोही कपाली तमसुक भएका पनि छन त्यो ठगी ठर्हदैन २९ जनाजतिले जाहेरी दिनुभएका छ । एसपी आचार्यका अनुसार कार्की दम्पतीको के कती सम्पति छ भन्ने अनुसन्धान भइरहेको छ । एसपी आचार्यले थप्नुभयो उसको सम्पति र नगद के कति छ भन्ने देशैभरका मालपोत र बैक विवरण खोजी गरेका छौ । यसैबीच कार्की दम्पतीले अधिकाँशलाई असार सम्मको ब्याज समेत तिरिरहेको बताइएको छ । त्यस्तै कार्की दम्पतीलाई घरधितो र बैदेशिक रोजगारीबाट आएको रकम लगानी गर्नेहरु अधिकाँश महिलाहरुको बिचल्ली छ । कार्की दम्पतीलाई यति धेरै रकम किन र कसले लगाएका छन भन्ने अनुसन्धान पछि मात्र लगाइएको रकमको स्रोत खुल्ने बितीयक्षेत्रका जानकारहरु बताउछन
((((((((((((

You might also like