बर्दघाट नगरका पूर्वपश्चिम मार्गका घरमा पहेंलो रंग लगाउने अभियानले गति लिएन

0

नवलपरासी – बर्दघाट नगरपालिकाका पूर्व पश्चिम लोकमार्गको छेउछाउका घरमा बुद्धको बस्त्र रंग पहेंलो रंग लगाउने अभियानले गति लिन सकेको छैन । २०७५/०७६ कआर्थिक बर्षबाट शुरु भएको सो अभियानको गति सुस्त भएको छ ।

टिसिएन चोकको विश्वकर्मा मन्दिर ,

पूर्व पश्चिम लोकमार्गका छेउछाउका एक दर्जन बढि घर धनीले मात्र यो रंग लगाएका जनाइएको छ । ती मध्ये पनि ८ वटा घरका धनीले मात्र अनुदान रकम लिनका लागि नगरपालिकामा फाइल पेश गरेका बताइएको छ ।
त्यस्तै लोकमार्गका छेउछाउका घरमा एउटै रंग लगाउदाँ नगरको पहिचान हुने भन्दै यो योजना ल्याइएको थियो । प्रदेश ५ बुद्धको जन्मस्थल लुम्बिनी पर्ने प्रदेश प्रदेशकै मुख्यद्धार बर्दघाट नगरपालिका भन्दै यो अभियान शुरु गरिएको अभियानप्रति स्थानीयको त्यति आर्कषण देखिएको छैन । त्यस्तै राजमार्ग छेउमा पर्ने वडा २,४,९,१० र ११ मा सयौ घर छन् । बर्दघाट ४ को टिसिएन देखि मुख्य बजार हुद,ै चिसापानी , मौराहा , धुब्रटोल , भुताहाबजार र सरावलको सिमाना सम्म सयौं घर धनी मध्ये अति न्युन घरधनीले मात्र पहेलो बुद्ध बस्त्र रंग लगाएका हुन । बुद्ध रंग लगाउने भन्दै नगरपालिकाले लोकमार्ग छेउछाउका घरमा पहेलो रंग लगाउनुपर्ने नियम बनाएको थियो । पहेलो रंग लगाएवापत घरधनीले सो रंग लगाउदाँको रकमको २५ प्रतिशत नगरले बेर्हाेने गर्दछ । २५ प्रतिशत नगरले अनुदान दिएपनि घरधनीको उक्त कार्यक्रम प्रति खासै चाँसो देखिएको छैन । बर्दघाट ४ का एक घरधनीले भने – घरमा रंग लगाएको एक बर्ष भएको छैन २५ प्रतिशत नगरले दिन्छ भनेर कसले पहेलो रंग लगाउओस । त्यस्तै उनले आफनो घरमा रंग लगाउने कुरा नगरले तोकेर नहुने भन्दै अर्काे पटक रंग लगाउदाँ सोच्न सकिने बताए ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्याल भने नगरको पहिचानका लागि यो अभियान सार्थक हुने र यस आर्थिक बर्षमा अभियानले तीब्रता पाउनेमा विश्वस्त हुनुहुन्छ । त्यस्तै बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालले वडामा पहेंलो लगाएका घर धेरै भएपनि एक जनाले मात्र भुक्तानीका लागि सिफरिस लिन आएको जानकारी दिनुभयो ।
त्यस्तै बर्दघाट नगरपालिकाका सुचना अधिकारी पुस्कर काफ्लेले शुरुको बर्ष भएर कम मात्रामा घरधनीहरु सम्पर्कमा आएको उहाँले दावी गर्नुभयो । उहाँले यही रंग लगाउनुस भनेर जवरजस्ती गर्न नमिल्ने भएका कारण अभियान विस्तारै संचालन भएको तर्क गर्नुभयो । त्यही ७÷८ वटाले यो सुबिधा लगे होलान । लगाउन धेरैले लगाएका छन । यसबर्ष पनि कार्यक्रम छ । यो यस बर्ष धेरैले लगाउछन – काफ्लेले भन्नुभयो
त्यस्तै बर्दघाट नगरले पूर्व पश्चिम लोकमार्गका दायाबाया दुवैतर्फका घरम बुद्ध रंगको पहेलों रंग लगाउने अभियान गरे पनि राजमार्ग भन्दा भित्रले समेत आफ्ना घरमा पहेंलो रंग लगाएका छन । मठ मन्दिर सामाजिक संघसंस्था र सडक भन्दा भित्रतर्फका घरले पहेंलो रंग लगाउने कार्यमा सहयोग पु¥याएका हुन । टिसिएन चोकको विश्वकर्मा मन्दिर , चिसापानी सामुदायिक वन उपभोक्ता समुहको कार्यालय भवन र केह्री सडक भित्र गाउतर्फका घरमा पनि पहेंलो रंग लगाइएको छ ।

You might also like