चिसापानी अस्पतालमा प्रभावकारी बन्दै सर्पदंश उपचार

1

चिसापानी – पश्चिम नवलपरासीको बर्दघाट – चिसापानीस्थित चिसापानी अस्पतालको गत साउनदेखि २०७६ भदौ पहिलो साता सम्म १ सय ३६ जनालाई सर्पदंश उपचार सेवा प्रदान गरेको छ । अस्पतालका अनुसार यो अवधिमा १३६ जनाले सर्पदंशको उपचार गर्न आएकोमा १० जनामा मात्र बिषालु सर्पको टोकाई देखिएको थियो ।


अस्पतालले बिषालु सर्पदंशको लक्षण देखिएपछि आई सि नभएको भन्दै लुम्विनी प्रादेशिक अस्पताल बुटवल पठाउने गरेको जनाइएको छ ।
अस्पतालमा सर्पदंश उपचार गरिएपनि आइसियु नभएका कारण पठाउनुपर्ने बाध्यता रहेको बताइएको छ ।
सर्पदंश भएको शंका लागेपछि जोखिम मोल्नु भन्दा अस्पताल भर्ना हुने गरेकोले एक बर्षको अवधिमा यति धेरै सर्पदंश उपचारमा लाभान्वित भएका हुन ।
अस्पतालले सर्पदंश सेवा शुरु गरेकोमा सर्पको टोकाईबाट मर्नु पर्ने समय गएको स्थानीय कृष्णबहादुर रानाले बताउनुभयो ।

You might also like