बर्दघाटको पुरानो चौकीमा भदौ १३ गते हुने तीज बिशेष कार्यक्रमको तयारी तीब्र

0


बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटमा रहेको स्थानीय पत्र साप्ताहिक र श्रुति संगितालयको संयुक्त आयोजनमा बृहत तीज गित प्रतियोगिता एंव विविध सांस्कृतिक कार्यक्रम–२०७६ को तीब्र बनाइएकोे छ ।


यही भाद्र १३ गते बर्दघाटस्थित पुरानो चौकी प्रांगणमा आयोजना हुने सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने श्रुति संगितालयका प्रबन्ध निर्देशक लोक मिजारले बताउनुभयो । कार्यक्रमको सहआयोजना सुगम संगितालयले गर्ने जनाइएकोछ ।
प्रतियोगिताको बिषय खुल्ला रहने आयोजकले जनाएको छ । साथै कार्यक्रमका लागि प्रायोजक तयारी टिम दर्ताको थालनी, पत्राचार एंवम प्रचार प्रसारको समेत तयारी तीब्र बनाइएको उहाँले बताउनुभयो ।
त्यस्तै पर्चा, पम्पलेट, ब्यानर छपाईका साथै मञ्च ब्यवस्थापनको जिम्मा समेत दिइएको निर्देशक मिजारले जानकारी दिनुभयो । बाद्यबादनलाई ब्यवस्थित गरिनुका साथै निर्णायक मण्डल सम्बन्धि काम समेत तयारी भएको छ– निर्देशक मिजारले भन्नुभयो – कार्यक्रम ब्यवस्थापनका लागि स्वयमसेवक समेत खटाइनेछ ।
कार्यक्रमले महिला अधिकारका प्रबद्र्धनका साथै जनचेतनाको क्षेत्रमा समेत बिषय भुमिका खेल्ने आयोजकले विश्वासले लिएका छन् ।
कार्यक्रमबाट बिशेष गरी कला संस्कृति तथा चाडपर्वको जगेर्ना हुनुका साथै स्थानीय ब्यवसायको समेत प्रबद्र्धन हुने स्थानीय पत्र साप्ताहिकका प्रबन्ध निर्देशक रवि पाण्डेले बताउनुभयो ।
साथै स्थानीय कलाकारको प्रतिभा प्रस्फुटनका साथै राष्ट्रिय कलाकारको प्रस्तुतिले तीज बिशेष रुपमा रमाइलो जनाइएको छ ।

You might also like