सुनवल १२ को भुमहीमा सार्वजनिक सुनुवाई

0

रामु भुषाल बर्दघाट – सुनवल नगरपालिका १२ नम्बर वडा कार्यालय भुमही पश्चिम नवलपरासीको आर्थिक बर्ष २०७५/ ७६ को सेवा प्रवाह विकास तथा ब्यवस्थापन सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार जगन्नाथ माविको प्रांगण भुमहीमा सम्पन्न भएको छ ।

सुनवल वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डेको अध्यक्षता एवं सुनवल नगर कार्यपालिका सदस्य अर्जुन सुनार लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य सुनारले आफुले यो सार्वजनिक सुनुवाई कार्यक्रममा आएका सल्लाह सुझाव र समस्यालाई कार्यपालिका बैठकमा जस्ताको तस्तै पेश गर्ने र सम्बन्धित नगर, प्रदेश र केन्द्र सम्म आएको मस्या समाधानका लागि पहल गर्ने र वडाले गर्न सक्ने आधरभुत समस्या समाधानका लागी तत्काल कार्य गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा सुनवल १२ का वडाध्यक्ष एवं सार्वजनिक सुनुवाई कार्यक्रमका अध्यक्ष समेत रहनुभएका यमलाल पाण्डेले यस्तो खालको सार्वजनिक सुनुवाई कार्यक्रमले आगामी कार्ययोजना तयार गर्न र वडो गरेका गतिविधिलाई पारदर्शी बनाउन टेवा पुग्ने बताउदै सुनवल नगरपालिका वडा नम्बर १२ एउटा सफल वडा स्थापित हुदै गएको हुदाँ यस क्षेत्रमा रहेको अब्यवस्थित बसोबासलाई ब्यवस्थित रुपले ब्यवस्थापन गर्दै विकासशिल लक्ष्यका साथ वडा कार्यालय अघि बढेको बताउनुभयो ।

सो अवसरमा वडाका विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, र स्थानियबासीहरुले वडाले गरेका गतिविधिको समिक्षा गर्दै आ आफ्नो जिज्ञासा र प्रश्न समेत गरेका थिए । कार्यक्रममा सहभागि मध्य २० जनाले मौखिक प्रश्न गरेको र करिब १० जनाले लिखित रुपम प्रश्नहरु सोधेका थिए । सोधिएका प्रश्न प्राय सडक र ढल निर्माण, बजार ब्यवस्थापन, स्वास्थ्य सेवा, खेलमैदान, सडक दुर्घटना, विजुली पानी, सिँचाई र कृषि लगायतका कुराहरु केन्द्रित रहेको आयोजकले जनाएको छ । उक्त प्रश्नहरुको सरोकारवाला मध्य रामनगर वृहत खानेपानी सस्थाका अध्यक्ष, रामनगर स्वास्थ्य सस्थाका प्रमुख खेमराज अर्याल, जिल्ला ट्र्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख युवराज भण्डारी, नगर कार्यपालिका सदस्य अर्जुन सुनार र सुनवल १२ का वडाध्यक्ष यमलाल पाण्डेले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा आर्थिक बर्ष २०७५, ७६ को सम्पुर्ण गतिवधिका बारेमा वडा सचिव कृष्ण बहादुर आलेले जानकारी गराउनुभएको थियो । वडा सदस्य जितेन्द्र कुमार पटनवारको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सुनवल नगरपालिका योजना शाखाका पुरुषोत्तम ढकालले गर्नुभएको थियो ।

You might also like