क्रान्तिकारी युवा लीगका महासचिव कठायत सहित २ जना पक्राउ

0


बर्दिया – नेकपा ( क्रान्तिकारी माओवादी ) का नेताालाई सोमवार प्रहरीले पक्राउ गरेको छ । बर्दियामा नेकपा (क्रान्तिकारी माओवादी)को बढ्दो प्रभावबाट आतंकित बन्न पुगेका सत्तारुढ नेकपाका नेताहरुले प्रहरी प्रशासनको दुरुपयोग गरी क्रान्तिकारी माओवादीका नेताहरुलाई गिरफ्तार गराएको क्रान्तिकारी माओवादीले जनाएको हो ।

प्राप्त समाचार अनुसार सत्तारुढ नेकपाका स्थानीय नेता तथा बर्दियाको मधुवन नपा वडा नं. ७ का अध्यक्ष राजेन्द्र हमालले प्रहरी प्रशासन लगाएर विनाकारण पार्टीका जिल्ला सचिव समेत रहेका क्रान्तिकारी युवा लिगका महासचिव दिलबहादुर कठायत भूकम्प र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य विश्वम्भर थारुलाई पक्राउ गराएका हुन । पार्टीका पीवीएम तथा बाँके–बर्दिया इन्चार्ज संकुलका अनुसार वडा अध्यक्ष हमालले ४ गते भदौंका लागि आयोजना गरेको पार्टीको जिल्ला प्रशिक्षणको तयारी गरिरहेको अवस्थामा प्रहरी प्रशासनको दुरुपयोग गरी जिल्लाको राधाकृष्ण चोकबाट सोमबार १ बजेतिर भूकम्प र थारुलाई पक्राउ गराएका थिए । राजनीतिक पूर्वाग्रह राखेर पार्टीका नेताहरुलाई पक्राउ गरिएको भन्दै नेता संकुलले उनीहरुलाई तत्काल रिहाई गर्न प्रहरी प्रशासनसँग आग्रह गर्नुभयो ।
जिल्लामा क्रान्तिकारी माओवादीको बढ्दो प्रभावबाट आतंकित बनेको सत्तारुढ डबल नेकपाका नेताहरुले षड्यन्त्रपूर्वक उनीहरुलाई पक्राउ गराएको उहाँको दावी थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गुलरियामा राखिएको छ । यता प्रहरी प्रशासनले पनि उनीहरु पक्राउ परेको पुष्टि गरेको छ । पक्राउको कारणबारे भने प्रहरीले खुलाएको छैन ।

You might also like