कैलालीमा क्रान्तिकारी माओवादीले ग¥यो २० विघा जमिन कब्जा

0

धनञ्जय अवस्थी कैलाली : कैलाली जिल्लामा नेकपा क्रान्तिकारी माओवादी ले २० विघा जमिन कब्जा गरेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं ६ हरैयामा रहेको जग्गा क्रान्तिकारी माओवादीले पार्टीको झण्डा गाडेर कब्जा गरेको हो ।

बुधबार क्रान्तिकारी माओवादी कैलाली र कञ्चनपुर पार्टीका नेता कार्यकर्ताहरुको व्यापक उपस्थितिमा हरैया शिविरको २० विघा जमिन कब्जा गरेको सो पार्टीका कैलाली सेक्रेटरी आरपीले जानकारी दिनुभयो ।

हरैया शिविरमा बस्दै आएका २५० परिवारलाई जबरजस्ती उठीबास लगाएकोले पार्टीले कब्जा गरेको नेता आरपीले बताउनुभयो । नेता आरपीले भन्नुभयो “आजका दिनबाट यो जमिन क्रान्तिकारी माओवादी पार्टीमा रहेको छ र यो जग्गा हरैया शिविरमा बस्दै आएका २५० सुकुम्बासी परिवारलाई बाँडिने छ । हरैया शिविरको जमिन कुनै एक पोखराका चर्चित व्यापारी राम कार्कीले जालसाची गरेर आफ्नो नाममा पास गरेको बुझिन आएको छ ।उक्त शिविरमा २०५९ बाट २५० सुकुम्बासी परिवार बस्दै आएका थिए । हरैया शिविरको जग्गा कब्जा गर्न कैलाली र कञ्चनपुर नेताहरु उक्त शिविरमा पुगेका थिए .

क्रान्तिकारी माओवादीले शिविरको जग्गा कब्जा गरेपछि स्थानीय सुकुम्बासीहरु खुशी भएको र दशकौंदेखि भोगचलन गर्दै भूमाफियाले रातारात पास गरेपछि उनीहरु पनि आन्दोलित हुँदै आएका थिए ।

You might also like