गुल्मीका पहिरो पिडितलाई क्रान्तिकारी माओवादीको साथ

0

केशव अबिरल गुल्मी : क्रान्तिकारी माओवादीले गुल्मीका पहिरो पिडितहरुलाई सहयोग गर्ने क्रम जारी राखेकोछ । साउन ६ गते परेको अविरल वर्षाका कारण गएको पहिरोबाट गुल्मी सत्यवती गाउपालिकाको ३ र ४ नं. वडामा विस्थापित भएकालाई क्रान्तिकारीले राहत बितरण जारी राखेको हो । कार्यक्रम आयोजना गरी क्रान्तिकारी माओवादी सम्बद्ध संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, अखिल (क्रान्तिकारी), क्रान्तिकारी युवा लिग, नेपाल लगायतका संगठनहरुले पीडितहरुको लागि संकलन गरिएको नगद र जिन्सी राहत सामग्री हस्तान्तरण गरिएको थियो ।

आइतबार क्रान्तिकारी माओवादीका पीवीएम तथा बाँके–बर्दिया इन्चार्ज भूपेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले सत्यवती गापा ३ नं. वडाका अध्यक्ष रुकबहादुर रानालाई नगद १५ हजार र जिन्सी सामानहरुमा ८ क्वीन्टल चामल, ५ क्वीन्टल नून, ११० किलो आँटा, ३४ वटा १५÷१८ को त्रिपाल, २५ केजी आलु, ५ वटा ५०÷५० को त्रिपाल, चिउरा १ क्वीन्टल, १० केजी सोयाविन लगायतका राहत सामग्री हस्तान्तरण गरेको थियो । उक्त अवसरमा क्रान्तिकारी युवा लिगका महासचिव दिलबहादुर कठायत, अखिल (क्रान्तिकारी)का सचिव तथा ५ नं. प्रदेशका संयोजक महेश श्रेष्ठ, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका ५ नं. प्रदेश संयोजक राजु भुजेल, देजमो केस निमकला पुनलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै अखिल (क्रान्तिकारी)ले अलग्गै संकलन गरेको १५ हजार रुपैयाँ सत्यवती गापा वडा नं. ४ का पीडितहरुलाई वडाका जनप्रतिनिधि डिल्लीराज भट्टराईलाई बुझाइएको छ ।
यसअघि, पार्टीका पीविएम तथा देजमोका केन्द्रीय उपाध्यक्ष केवी गुरुङको नेतृत्वमा गएको एक टोलीले पनि नगद राहत हस्तान्तरण गरेको थियो । क्रान्तिकारी माओवादी तथा देजमो ५ नं. प्रदेशको तर्फबाट ३० हजार, अखिल (क्रान्तिकारी) ५ नं. प्रदेशको तर्फबाट २० हजार, गुल्मी जिल्ला पार्टी र मोर्चाले २० हजार गरी संकलित ७० हजार रुपैयाँ नेता गुरुङले गत मंगलबार सत्यवती गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष रुकबहादुर रानामार्फत् पीडितहरुलाई बुझाएका थिए ।
सो अवसरमा क्रान्तिकारी माओवादीका पिविएम तथा गुल्मी इन्चार्ज धनेश्वर पोखर, गुल्मी जिल्ला सेकरेटरी टिकाराम राना, रुपन्देही जिल्ला सेकरेटरी बिनोद मरासिनी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


अखिल (क्रान्तिकारी)ले विध्यालय, कलेज लगायत सर्वसाधारणसँग राहत संकलन गरेको थियो । विध्यार्थी, शिक्षक तथा सर्वसाधारणबाट संकलन गरिएको रकम पहिरो पीडितलाई बुझाइएको विध्यार्थी नेता महेश श्रेष्ठले जानकारी दिनुभयो ।

You might also like