चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

0

 

 

काठमाडौं, चैत ९ गते। काठमाडौंको चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

ना १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो। उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेको प्रवक्ता मैनालीको भनाइ छ।

मृतक नागार्जुन नगरपालिका बस्ने समीर गिरीको पहिचान खुलेको छ। अर्को एक जनाको भने पहिचान खुल्न सकेको छैन।

ठक्कर दिएपछि मोटरसाइकल भीरबाट करिब २५ मिटर तल खसेको छ। सुमो चालक सिमरा उपमहानगरपालिका–६ का सन्जय खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।gorkhapatra

You might also like