शिक्षा र साहित्य विषयक अन्तरक्रिया
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट साहित्य समाजको आयोजनामा शिक्षा र साहित्य विषयक अन्तरक्रिया एवं रचना वाचन कार्यक्रम शनिवार सम्पन्न भएको छ । बर्दघाटको न्यूलाईफ माविको सभाहलमा भएको सो कार्यक्रममा बर्दघाट क्षेत्रका नवोदित तथा अग्रज साहित्यकारहरु ,शिक्षक,प्रध्यापक , प्रध्यानाध्यापक तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । बर्दघाट साहित्य समाजका अध्यक्ष दिना नाथ पौडेलको अध्यक्षता र त्रिविका सह प्रध्यापक डा. मुकुन्द शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा वोल्दै प्रमुख अतिथि डा.शर्माले कला साहित्यको जगेर्नाका लागि स्थानीय तहले छुट्टाएको बजेट अन्यत्र खर्चगर्ने परिपाटीले कला साहित्य पछि परेको धारणा राख्नु भएको थियो ।
उहांले कला र साहित्यको वजेट ब्यक्ति विशेषको ईच्छामा खर्च गर्न नहुनेमा सोत जोड दिनु भयो । त्यसैगरी कार्यक्रमका सहभागीले कार्यक्रमले निरन्तरता पाउनु पर्ने धारणा राहेका थिए ।
कार्यक्रममा सहभागिहरु मध्ये अधिकांशले आफ्ना रचनाहरु वाचन समेत गरेका थिए । कार्यक्रमको संचालन समाजका सचिव प्रकाश न्यौपानेले गर्नु भएको थियो ।