उद्योगी उपाध्यायलाई पितृशोक

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटका उद्योगी रुद्रप्रकाश उपाध्यायलाई पितृशोक परेको छ । उपाध्यायका बुवा एकनारायण उपाध्यायको ९६ बर्षका उमेरमा निधन भएको हो । उहाँको शनिवार दिउसो कास्कीस्थित पोखरा तालचोकमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ पोखरामा रहेको आफ्नै निवासमै बस्दै आउनुभएको जनाइएको थियो । त्यस्तै उपाध्यायका ४ भाई छोरा ३ बहिनी छोरीका गरी कुल २२ जना नातिनातिना रहनुभएको छ । प्रकाश विप्लवी साहित्यिक नामले समेत परिचित रुद्रप्रकाश उहाँका कान्छो सुपुत्र हुनुहुन्छ । सफल उद्योगी समेत रहेका उहाँ बर्दघाटस्थित टाईम साकोसका अध्यक्ष समेत रहनुभएको छ ।

You might also like