बर्दघाट र सरावलका बाख्रपालक कृषक संगठित

0

रामप्रसाद पौडेल नवलपरासी – पश्चिम नवलपरासी जिल्लाका बाख्रापालक कृषकहरु संगठित भएका छन । शनिवार नेपाल ब्यवसायिक बाख्रापालक महासंघको आयोजना नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना बिकेन्द्रित आयोजना सहयोग ईकाई बुटवलको आर्थिक तथा प्राबिधिक सहयोगमा भएको एक दिवशीय अभिमुखीकरण कार्यक्रम मार्फत कृषकहरु संगठित भएका हुन।

बाख्रापालन ब्यवसायको ब्यवसायिकरण तथा बजारीकरण लागि समुह समिति गठन एंव परिचालन तथा आयोजना बाट संचालित कार्यक्रम सम्बन्धि सो अभिमुखीकरण पछि कृषक समिति विस्तार गरिएको हो । कार्यक्रमबाट बर्दघाट नगरस्तरीय र सरावल गाउपालिका स्तरीय गरी दुई पालिकामा छुट्टाछुटै समिति गठन गरिएको थियो ।

बर्दघाट नगरस्तरीय बाख्रापालक समितिको संयोजकमा हरिप्रसाद दवाडी, सहसंयोजकमा प्रेम सोमै सचिवमा सुजन खनाल कोषाध्यक्षमा सविना श्रेष्ठ सदस्यहरुमा रुक्मागत लम्साल कमल क्षेत्री पुर्णबहादुर बुढाथोकीलगायत रहनुभएको छ । समितिको छिट्टै बृहत भेला गर्ने र १६ वटा वडा समेटने योजना रहेको बताइएको छ ।
त्यस्तै सरावलमा हिरादेवी चौधरी संयोजक हरिलाल यादव सहसंयोजक रनबहादुर सार्की सचिव र होम कुमारी चौधरी कोषाध्यक्ष रहेको समिति चयन गरिएको छ । समितिको सदस्यमा अनिल चौधरी रहनुभएको छ भने बाँकी वडाबाट समेत सदस्य थप गर्ने जनाइएको छ ।


कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद दिपेन्द्रकुमार अधिकारीले कृषकहरुले कुनै पनि उत्पादनको उचित मुल्य नपाएकोले संगठित भएर लाग्नुपर्नेमा जोड दिदै प्रदेश सरकारले कृषि तथा पशुपालनको क्षेत्रमा आगामी बजेटमा लगानी थप गर्ने बताउनुभयो । उहाँले उखु कृषकले सित्तैमा उखु बेच्न बाध्य भएको चर्चा गर्दै बाख्रा कृषकहरुलाई त्यसो हुन नदिइने बताउनुभयो ।

कार्यक्रममा बिशेष अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले नगरको सही पहिचान कृषि तथा पशुपालनको क्षेत्रबाट हुने बताउदै आर्थिक समृद्धि समेत यसैक्षेत्रबाट हुने बताउनुभयो ।


कार्यक्रममा बरिष्ठ पशु चिकित्सक डा. पुरुषोतम त्रिपाठी र लोकप्रसाद भुसालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम नेपाल ब्यवसायिक बाख्रापालक संघ पश्चिम नवलपरासीका अध्यक्ष घनश्याम आलेको अध्यक्षतामा भएको थियो ।

You might also like