पत्रकार महासंघ पश्चिम नवलपरासीले पत्रकारलाई ल्यापटप ब्याग वितरण ग¥यो

0

नवलपरासी २५ असार। नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले जिल्लाका पत्रकारहरुलाई ल्यापटप ब्याग वितरण गरेको छ । महासंघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी बुधबार शाखामा आवद्ध सबै सदस्यहरुलाई ल्यापटप ब्याग वितरण गरिएको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो ।

शाखामा ६३ जना सदस्य आवद्ध छन् । पत्रकारहरुको क्षमताअभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको महासंघले पछिल्लो पटक ल्यापटप ब्याग वितरण गरेको हो । स्थानीय तहमा सञ्चालन भइरहेका विभिन्न योजना र कार्यक्रमका बारेमा समाचार संकलनका लागि सहज पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरेको अध्यक्ष शर्माले बताउनुभयो ।
एक महिनाको अवधिमा सञ्चालन गरिएका तालिममा सूचनाको हक, पत्रकार आचार संहिता, सञ्चारमाध्यमहरुको प्रवद्र्धन, स्थानीय तहको विकास तथा कानुनमा सञ्चारमाध्यमको भूमिका लगायतका विषय रहेको महासंघले जनाएको छ । तालिम सञ्चालनका लागि जिल्लाका स्थानीय तहहरुले सहयोग गरेका हुन् ।
जिल्ला शाखाले २०७६ लाई तालिम वर्षका रुपमा मनाउने अभियानअनुसार पत्रकार र जिल्लामा सञ्चालित सञ्चारमाध्यमको विकासका लागि कार्ययोजना नै बनाएर अघि बढेको शाखा अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी महासंघमा रहेको पुस्तकालयलाई जिल्लामै नमूनाको रुपमा स्थापित गराउन विभिन्न सरकारी निकाय र संघसंस्थाहरुसँग समन्वय गरेर काम अघि बढाएको शाखाले जनाएको छ ।

You might also like