पाल्हीनन्दन गाउपालिका किसान मैत्री बन्दै

0

नवलपरासी -पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका कृषक मैत्री गाउपालिका बन्दै गएको छ । निर्वाहमुखी कृषि प्रणालीलाई ब्यवसायिक बनाउनका लागि कृषकहरुलाई सहयोग गर्दै पालिका कृषक मैत्री बन्दै गएको हो । खेती गर्नेका लागि सिंचाई एंवम् मलबीउ तथा पशुपालक कृषकका लागि औषधि उपचार देखि बिभिन्न कार्यमा सहयोग गर्दै पालिकाले कृषकलाई साथ दिदै आएको छ ।

आर्थिक विकास क्षेत्र अन्तरगत बाख्रा पालक महिलाहरुका लागि बाख्रा पैचो कार्यक्रम , मुख्य मन्त्री ग्रामीण विकास परियोजना अन्तगत समुहमा आधारित बाख्रापालन र घाँसका बिउमा सहयोग गर्दै आएको गाउपालिकाले खेती गर्ने कृषकका लागि २९० थान पम्पसेट समेत बितरण गरेको छ । बितरणका योजना मात्र नभएर तालिममा समेत पालिकाले सहयोग गर्दै आएको छ ।

२९० किसानलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण गरिएको थियो । कृषकका लागि यस बर्ष सक्दो सहयोग गरेका छौ – पम्पसेट बितरणका क्रममा शुक्रवार आयोजित कार्यक्रममा गाउपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले भन्नुभयो – आगामी बर्ष अझ ब्यवस्थित योजना बनाउने छौ । पाल्हीनन्दन कृषकमैत्री पालिकाको रुपमा परिचित हुदै गएका उहाँले दावी गर्नुभयो । त्यस्तै पम्पसेट वितरणका लागि कुल १ करोड १७ लाख ५० हजार रकम विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो।

You might also like