क्रान्तिकारी युवा लीग पश्चिम नवलपरासीमा नयाँ नेतृत्व

पोखरेलको अध्यक्षतामा १५ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित

0

पुष्पा गिरी / लक्ष्मी घिमिरे
नवलपरासी २७ माघ – नेकपा (क्रान्तिकारी माओवादी)का नेताहरुले संसदीय ब्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले अहिलेको राजनैतिक संकट संसदीय ब्यवस्थाकै संकट रहेको बताए । सो पार्टीको सहायक संगठन क्रान्तिकारी युवा लीग पश्चिम नवलपरासीको बर्दघाटका भएको दोस्रो जिल्ला भेलालाई बोल्दै नेताहरुले अबको बटमलाइन संघीय जनगणतन्त्र रहेको बताए ।


कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज पिताम्बर आचार्यले संघीय जनगणतन्त्रका लागि क्रान्तिकारीहरुबीच धुब्रीकरणको समय आएको बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी युवा लीगका केन्द्रीय सदस्य तथा प्रदेश सचिव प्रगति रानाले संसारभर दुई किसिमका युवा हुने बताउनुभयो । रानाले ब्यवस्था परिर्वतनका लागि बर्गसंघर्षको उठान गर्ने समय आएको जनाउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलले संसदवादीहरुबीच चलेको रुवावासी केबल पद प्रतिष्ठाकै लागि भएको ठोकुवा गर्नुभयो ।
सो पार्टीका प्रदेश सदस्य क्षेत्रबहादुर थापाक्षेत्रीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको अवस्था नाजुक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक समेत रहेका रवि पाण्डेयले क्रान्तिकारी युवा लीगले क्रान्तिकारी पार्टीलाई बैकल्पिक शक्तिका रुपमा उभ्याउन सक्ने बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपालले नव निर्वाचित कमिटीलाई बधाई दिनुभयो ।
भेलाले पुनः पुर्ण प्रसाद पोखरेलको अध्यक्षतामा १५ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र न्यौपाने , सचिवमा पुष्पराज नेपाली सहसचिवमा रविना पाण्डे कोषाध्यक्षमा सुजन रोकाहा र सदस्यहरुमा खेमबहादुर गुरुंग , राजु भुसाल, कृष्ण बहादुर क्षेत्री, राजु विकलगायत रहनुभएको छ ।

You might also like