तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ… गीतका रचनाकार ढकालको “तिम्रो महल ” मा अर्काे चर्चा

0

रवि पाण्डेय नवलपरासी – तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ…… बोलको बहुचर्चित गीतका रचनाकार माधव ढकालको शब्द रचना गायक राम कृष्ण ढकाल स्वर र गैरे सुरेश को संगीत रहेको “तिम्रो महल ” सार्वजनिक भएको छ ।

चर्चा एल्बम २०६७ का संकलित तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ… मा सर्वाेत्कृष्ट गीतको म्युजिक अवार्ड पाएका माधवको शब्द र गैरे सुरेश को संगीत रहेको “तिम्रो महल ” गीतमा रामकृष्ण ढकालको स्वर रहेको यस गीतलाई सार्वजनिक भएको ८ घण्टामा ३२ हजार बढी दर्शकले यसलाई रुचाएका छन् ।

निजामती सेवामा उपसचिव रहेका माधवका गीत रचनाको चर्चा संगै फूल पनि रुँदोंरहेछ गजल संग्रह २०६४ समेत प्रकाशित रहेको छ ।

२०६४ मा गजल संग्रह फूल पनि रुँदोरहेछ कृति प्रकाशन गरेका गीतकार तथा गजलकार ढकालले २०६७ मा चर्चा एल्वम समेत बजारमा ल्याउनुभएको थियो । उक्त एल्वमबाट संगीत बजारमा प्रबेश गनर््भएका उहाँले पहिलो एल्बम बाटै अत्याधिक सफलता प्राप्त गरेपछि चर्चा एल्वममै समावेश रहेको तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ बोलको गीतबाट बर्षकै सर्वोत्कृष्ट गीततर्फ म्युजिक अवार्ड समेत पाउनुभयो । उहाँ नेपाल सरकारका उपसचिवमा कार्यरत हुनुहुन्छ ।

सार्वजनिक भएको “तिम्रो महल ” निक्कै भाव पूर्ण माया प्रेम र अन्तर स्तर प्रेम लाई प्रस्तुत गरिएको गीत मा दिपेन गौतम र जुना सुन्दास ले फिचरिङ्गग गरेका छन ।

You might also like