जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय प्रशिक्षण भेला

0


जेष्ठ २५ काठमाडौं । जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च, नेपाल केन्द्रीय समितिको आयोजनामा केन्द्रीय प्रशिक्षण भेला ईच्छुक साँस्कृतिक भवन घट्टेकुलोमा सम्पन्न भएको छ ।


मञ्चका केन्द्रीय संयोजक वसन्त बोगटीको अध्यक्षतामा सम्पन्न भेलामा पार्टी स्थायी समिति सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले प्रमुख अतिथि वक्ताको रुपमा मुख्य प्रशिक्षण राख्नुभएको कार्यक्रममा क्रान्तिकारी माओवादीका पिबिएम तथा ३ नम्बर प्रदेश सेक्रेटरी दिनेश शर्मा सागर सम्पर्क मञ्चका नेता विष्णु खड्का, अखिल क्रान्तिकारीका महासचिव पेशल दाहाल सहितले मञ्चका केन्द्रीय सचीव कुमार बोगटी लगायतले मन्तब्य राख्नु्भयो । पछिल्ला दिनहरूमा सम्पर्क मञ्च तीव्र रुपमा विस्तार भैरहेको छ । हालसम्म १५ जिल्लाको सम्पर्क समिति निर्माण भएको मञ्चका केन्द्रीय संयोजक बोगटीले बताउनुभयो ।

You might also like