स्वतन्त्र उम्मेदवारीको तयारीसंगै संघको चुनावले नयां मोड लिदैं

0

बर्दघाट – जेठ १८ हुने बर्दघाट उद्योग बाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र प्यानलको तयारी भएको छ । यो तयारी संगै बर्दघाट उद्योग बाणिज्य संघको चुनावी रौनकमा नयाँ मोड लिदैं गएको छ । स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका अधिकाँश उद्योगी सत्तारुढ नेकपानिकट छन् । हामीलाई पार्टीको के मतलब भयो र उद्योगी ब्यवसायीहरुको चुनाव हो – नाम नलेख्ने शर्तमा स्वतन्त्र प्यानल तयार गर्ने मध्येका एक ब्यवसायीले भने – संघमा भएका केही प्रावधान प्रति हाम्रो आपत्ति छ । एक पटक चुनावमा सहभागी भएकाहरुलाई मात्र पदाधिकारीको उम्मेदवार बनाउन सकिने संघको विधान प्रति आफुहरुको असहमति समेत रहेको उनले बताए ।

स्वतन्त्र समुहको प्रारम्भिक भेला र प्यानल तयारी पछि फोटो सेसन गर्दै

आफ्ना असन्तुष्टि भएका कुरा सदस्यमा लैजानका लागि स्वतन्त्र समुहले आफ्नो प्यानल तयार गर्न भेला समेत सम्पन्न गरेको छ । भेलाले ८ जनाले सदस्य , लेखा संयोजक र लेखा सदस्य सहित ३ जना गरी ११ पदमा उम्मेदवारी दिने तयारी गरेको छ । संघको कार्यसमिति सदस्यमा ब्यवसायीहरु गोकर्ण पौडेल , गणेश प्रसाद पाठक, भरत कण्डेल, सन्तोष श्रेष्ठ, शिवप्रसाद पौडेल , अनुज शाक्य , गोबिन्द आचार्य र दिपक भुसालले उम्मेदवारी दिने निर्णय गरेको स्वतन्त्र समुहले जनाएको छ । त्यस्तै लेखा संयोजकमा ओम प्रकाश डुम्रे ,डिल्ली कण्डेल र ममता श्रेष्ठको उम्मेवारी पर्ने भएको छ ।

यस अघि दलसंग र संघको चुनावी प्रक्रिया प्रति समेत उनीहरुले असन्तुष्टि सार्वजनिक गर्दै आएका थिए । स्वतन्त्र समुहको प्यानलमा समाबेशी प्रकारका ब्यवसायी सक्रिय छन । उनीहरुले उम्मेदवारीको तयारीसंगै कार्यक्रम समेत तय गरेका छन् । जेठ १३ गते स्वतन्त्र समुहले पत्रकार सम्मेलन गरी आफ्नो प्यानल सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।


त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) निकटका ब्यवसायी र नेपाली काँग्रेस सहितको पाँच दलीय संयुक्त प्यानल गरी दुई प्यानलको भिडन्तमा स्वतन्त्र प्यानलको तयारी पछि संघको चुनाव झन रोमाञ्चक बन्दै गएको छ ।

नेकपाले काँग्रेसबाट हालै नेकपा प्रबेश गरेका नवप्रबेशी एंवम संघका महासचिव लेखनाथ न्यौपानेको नेतृत्वमा प्यानल घोषणा गरेको थियो । त्यस्तै काँग्रेसनिकट ब्यवसायीसहितको संयुक्त प्यानलको नेतृत्वमा यमबहादुर क्षेत्री (मिठु )ले गर्नुभएको छ ।

नेका , बैद्य माओवादी ,राप्रपा , जनमुक्ति ,राजमो निकट संयुक्त प्यानल

यस प्यानललाई राप्रपा, नेकपा (क्रान्तिकारी माओवादी) राष्ट्रिय जनमुक्ति पार्टी, राजमो लगायतका ५ दलको समर्थन रहेको जनाईएको छ । उमेदवारी दिएका दुवै प्यानलले प्रचारप्रसार समिति नै बनाएर स्थानीय तहको निर्वाचनको झल्को दिने गरी घरघर पुगेर मत माग्ने, सामाजिक सञ्जाल, प्रर्चा पोष्टर, सञ्चारमाध्यममा प्रचारप्रसार गरेका छन् ।

यस्तो त्रिपक्षीय प्यानलमा जितको बाजी कसले मार्ला त्यो हेर्न भने १९ गते कुर्नुपर्दछ ।

You might also like