७४ बर्षमा गिटि कुट्दै दैलेख ठाटीकाधका यी वृद्ध

0

जितेन्द्र थापा दैलेख :

गिट्टि कुट्टा कुट्टा हात, गोडा खाइनाछन् शिरमा नेपाली टोपी, उनको स्वीटर, दिउँसोको टन्टलापुर घाम, अनि छातालाई छडिमा अड्काएर भएपनि दिउँसोको गर्मि छल्दै गिट्टि कुटदै गरेका यि हुन् दैलेख ठाटीकााँधका आउँसे लुवार । गिट्टि कुट्दै साँझ चुलो बाल्नु आउँसे लुवारको दैनिकि हो । विहान भालेको डाकोसँगै उठेर गिट्टि कुट्न हिड्छन् । ठाटीकाँध गाउँपालिका वडा नंम्बर १ को मुख्य आवतजावत हुने ठाउँ भैरवथान नजिकै बसेर गिट्टि कुटेरै दैनिकि चलाउछन् आउँसे लुवार । विहान भालेको डाकोसँगै आउँछन् र दिनभरि गिट्टि कुट्छन् बिहानको खाना खाएर तिस के जीको एक बोरा गिट्टि कुटे बापत प्रति बोराको ७० रुपैँया पाउने गरेको लुवारले बताए । उनले भने ‘ के गरौँ बाबै काम नगरि साँझ चुलो बल्दैन काम गर्नै पर्यो गिट्टि फुटाउदा फुटाल्दा हात खुट्टा गलिहाल्छन् हात खुटटा दुखेर साँझ सुत्नै मिल्दैन ।’ लुवार भन्छन् पहिले श्रीमति हुँदा यति दुःख गर्नु पर्थेन दुइ बुढाबुढि भैँसि पाल्थ्यौँ घिउ बेच्थ्यौं अहिले श्रीमतीले छोडेर गैहाली श्रीमतीको मृत्यु भएको अहिले छ वर्ष पुग्यो श्रीमतीको मृत्युपश्चात दुःख नै दुःख भएको छ अहिले श्रीमती भएको भए बरु आफै काम गर्थे श्रीमतीलाई घरर्मै खाना बनाउन भन्थे । गाउँघर होस वा सहर श्रीमानले श्रीमतीलाई जाडरक्सि खाएर कुट्पिट गरि घरबाटै निकालेका धेरै उदाहरण छन् लुवारले भावुक हुदै भने गाउँगाउमा सिंह दरवार आएपनि स्थानिय तह आए पनि कुनै परिर्वतन नभएको र उल्टै विनास भएको उनले गुनासो गरे उनले भने‘स्थानिय सरकार आएपनि बुढाबुढिका समस्या ज्युँका त्युँहु रहेका रहेका र झन स्थानिय सरकार आइसकेपछि विकाश हैन विनाश भएको छ र गाउँघरका जनताका दुःख दुःखमै सिमित छन् ।’ विहानदेखि गिट्टि कुट्दा कुट्दाहातगोडा खाइछन् तडा पनि सकि गया गिट्टि नगर्या खान पाइदैन खान पनि पुग्दैन पहिले बुढि भया खानाको गाँस बनाएर दिन्थि अहिले बुढि छैन गिट्टि कुटेर खान्छु । ७४ वर्षिय आउँसेको घरमा आउँसे लुवार र उनका नाती १६ वर्षिय नाती बस्छन् । दिनमा दश कटटा गिट्टि कुटछन् र करिब पाँचसय कटटा गिट्टि कुटेर साँझको खानाको जोह गर्छन । नाननानु नाती छ त्यहि नातीले पानी ल्याए भात गाँस ख्वाउछ छुटाइ बस्छु
७४ वर्षिय सुजिकि श्रीमती छैनन् श्रीमतीको मृत्यु भएको छ वर्ष भयो
You might also like