नेपाली युवाका लागि ब्यबसायिक, ब्यबहारिक र प्राबिधिक शिक्षा आजको आवश्यकता

0


दधिराम पौडेल
भनिन्छ युवा देशका मेरुदण्ड हुन् । युवा बिना देशको बिकास प्रायः असम्भव छ । देशका युवाहरुमा नै काम गर्ने नयाँ जोस र जाँगर हुन्छ । युवा शक्तिलाई सही रुपमा प्रयोग गर्न सकियो भने त्यसले देशमा सकारात्मक सन्देश दिन्छ र देश सम्बृद्धि तिर जान्छ । बिश्व मानचित्रमा युवा जनशक्ति सम्पूर्ण जनसंख्याको ६५ प्रतिसत रहेको छ भने हाम्रो देश नेपालमा ३८.५ प्रतिसत युवा शक्ति रहेको छ । हाम्रो देशको सन्दर्भमा यही ३८.५ प्रतिसत युवा जनशक्ति पनि सहि रुपमा परिचालन गर्न सकिएको छैन । हाम्रो देश नेपालमा देशको मेरुदण्डको रुपमा रहेको मानिने जनशक्ति दैनिक रुपमा पन्ध्र सयको हाराहारीमा देशको त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलको प्रयोग गरी बैदेशिक रोजगारीमा गएका छन् भने अबैधानिक रुपमा अन्य देशको बाटो प्रयोग गरी कति गएका छन् र भारतमा कति युवा दैनिक रुपमा परिवारको हातमुख जोर्न श्रम बेचिरहेका छन्, यस्को लेखा जोखा कसै सँग छैन । देशमा भएका युवा हरुको अवस्था राम्रो भएन भने देशकै अवस्था उज्यालो हँुदैन । जसरी चेतना बिना ब्यक्ति, समुदाय, समाज अनि देशको संबृद्धि संभव छैन त्यसैगरी युवा जनशक्ति बिना पनि देशको संमृद्धि सम्भव छैन । समाज र राष्ट्रलाई उन्नति या द्रुगतिमा पु¥याउने भन्ने कुराको निक्र्याैल युवा शक्तिले गर्दछ तर त्यो युवामा ब्यबसायीक र प्राबिधिक शिक्षा भएको हुनु पर्दछ । त्यसैले युवा, समाज र राज्यको बिकासको स्तर मापन गर्दा त्यस समाज र राज्यमा कस्तो शिक्षा पद्धति छ भन्ने कुराको लेखाजोखा हुन अपरिहार्य रहन्छ ।

यसरी हाम्रो देश नेपालमा युवाहरुले लिने कस्तो किसिमको शिक्षाप्रणाली छ भनेर बुझ्नु पनि जरुरी छ । नेपालमा प्रजातन्त्र प्राप्ति भएपछि गाँउ गाँउमा बिद्यालयहरु खुलेका छन् । शिक्षामा राज्यले लगानीपनि गरेको छ, राज्यको लगानीले नपुगेर समाजमा रहेका समुदायका ब्यक्तिहरुले मुठी, मानो चन्दासंकलन गरी बिद्यालयहरु संचालन भै रहेका छन् भने आर्थिक रुपमा केही सम्पन्न ब्यक्तिहरुले निजि बिद्यालयमा आफना छोराछोरी पढाई रहेका छन् । आर्थिक रुपमा सम्पन्न हुनेले राज्यबाट खोलीएका सरकारी तथा सामुदायिक बिद्यालय फर्केर नर्हेने र जुन अभिभावकहरु आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमा पढाउछन्, उनिहरु हाम्रो समाजमा पछाडि पारिएको बर्गमा पर्ने हुनाले हाम्रो देश नेपालको समानुपातिक बिकासका लागि पनि यो गम्भिर चुनौती हो ।

देशको मेरुदण्डका रुपमा लिईएको युवा शक्तिले प्राप्त गर्ने शिक्षाको क्षेत्रमा देखिएको बिभेदिकरणले हाम्रो देशलाई गम्भिर मोडमा पु¥याएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानि सरह भएको छ । सरकारले सार्बजनिक शिक्षा क्षेत्रमा जति लगानी गरेको छ त्यो प्रयाप्त छैन किनभने सार्बजनिक शिक्षा लिने ग्रामिण तहका बिपन्न, गरिव, दलित तथा समाजबाट पछाडि पारिएका बालबालिकाहरुनै हुन । उनका अभिभावकहरु लेवर मिस्त्री डकर्मी सिकर्मी, किसान, हलि, गोठालोको रुपमा दिनभर काम गरी जिबिकोपार्जन गर्न बाध्य छन । केही प्रतिसत घरधुरीका मानिसहरुले आफ्ना छोराछोरी निजि बिद्यालयमा पढाईरहेका छन्। यसरी गरिव र सम्पन्न परिवारका बालबालिकाले प्राप्त गर्ने अलग अलग शिक्षण पद्धति देश भित्र रहनु गम्भिर सोचनीय कुराहो । यदी एउटै भुगोल भित्रको शिक्षा प्रणाली धनि र गरिव बिच छुट्टा छुट्टै हुन्छ भने यस्ले देशमा बिकराल स्थिति पैदा गर्दछ । यस बिषयमा सम्बन्धित सबै सरोकारवालाको ध्यान पुग्नु जरुरी रहन्छ । हाल हाम्रो देशमा रहेका गरिव परिवारका युवा शक्तिले प्राप्त गर्ने शिक्षामा धनिहरुकोलागि कुनै सरोकारको बिषय रहेन । देशका मेरुदण्डका रुपमा रहेका युवा शक्तिले प्राप्त गर्ने शिक्षा धनि र गरिवमा बिभाजित भयो । देशले आफ्ना युवाहरुलाई समान खालको शिक्षा दिन असमर्थ भयो । निति निर्माता तहमा रहेका ब्यापारी, अन्य पदस्थ कर्मचारी, मन्त्रि, नेता, उच्च तहका सेना, प्रहरी, जग्गा ब्यापारी आदीका छोराछोरी पढ्ने शिक्षालय र गरिब किसान, बिपन्न तथा पिछडिएका बर्गका मानिसका छोराछोरीले पढ्ने वा लिने शिक्षामा बिभेदीकरण भयो । यसरी सामुदायिक बिद्यालयहरुमा गरिव, बिपन्न, किसान, पछाडि पारिएका समुदायका छोराछोरीहरुले पढ्ने भएपछि सामुदायीक बिद्यालयहरु तथा क्याम्पसहरु भिड जम्मा गर्ने थलोको रुपमा बिकास भयो । सार्बजनिक या सामुदायिक बिद्यालय, क्याम्पसमा पढ्ने बिद्यार्थीले गुणस्तरिय शिक्षा पाउन कठिन भयो । शिक्षाका हिसाबले आजको दिनमा हाम्रो समाज बिभाजित भयो । यसरी राज्यले दिने शिक्षा दुईखाले भयो । राज्यले शिक्षालाई गरिबमुखि, सर्बब्यापी र देशको माटो सुहाँउदो, अन्तर्राष्टिय बारमा प्रतिष्पर्धा गर्न सक्ने गुणस्तरिय बनाउन सकेन । देशका मेरुदण्डले लिने शिक्षामा बर्गिय बिभेदिकरण र ब्यापारिकरण भयो । उदाहरणको लागि एउटा गरिब किसानको छोरा वा छोरी पढ्न जो सामुदायिक बिद्यालयमा जान्छन तिनलाई अब्यबहारीक शिक्षा प्रदान गरियो । ति गरिब किसानका छोराछोरीलाई ब²­द².९बंद०९ब(द० भनेर पढाईयो जुन उनिहरुका लागि जीवनमा कहिल्यै काम आउन सकेन । बरु त्यसको बदलामा हाम्रो देशका कुनाकाप्चामा बाँसबाट कसरी डोको, सुपो बुन्ने भनेर सिकाईएको भए उसले त यहँी जीबिकोपार्जन गर्न सक्थ्यो र त्यो काम गर्दा गर्दै त्यसलाई परिमार्जन गर्दै बाँसबाट बन्ने अन्य सामाग्रीहरु सजावटका सामाग्रीहरु पनि बनाउन सक्थ्यो होला अथवा ती गरिव किसानका छोराछोरीलाई अब्यबहारीक शिक्षाको सट्टा हाम्रो देशमा पाइने रिठ्ठा,आलु, पिडालु जस्ता कन्दमुलबाट कसरी खानेकुरा बनाउने भनेर पढाएको भए ब्यबहारीक र देश सुहाँउदो हुन्थ्यो ।

त्यसैले राज्यले देशका युवा बर्गलाई दिने शिक्षामा बिभेदीकरण भएको त जगजाहेरनै छ अझ यसमाथि उनिहरुलाई लिईने परीक्षा भने समान छ । हाम्रो देशको काठमाण्डौको रातो बंगलामा पढ्ने युवा र वनलपरासीको त्रिभुवन क्याम्पस बेलाटारीमा पढ्ने युवाले भने एउटै बिषयको समान प्रश्नपत्रमा उत्तर लेख्नु पर्दछ । के काठमाण्डौको रातो बंगलामा पढ्ने युवा र त्रिभुवन क्याम्पसमा पढ्ने युवाको समान हैसियत रहन्छ ? के उनिहरुले समान सुबिधा पाएका छन् ? पक्कै छैन । हाम्रो देशको लोकसेवा आयोगले लिने परीक्षा पनि दुवै क्याम्पसमा पढेका युवालाई समान प्रश्न पत्रमा जागिरका लागि प्रतिष्पर्धा गर्नु पर्दछ । मेरो प्रश्न यो छ कि रातो बंगलामा पढेका युवाले लोकसेवामा नाम निकालेर सचिव बन्छ की त्रिभुवन क्याम्पस बेलाटारीमा ? मेडीकल, इञ्जिनियरीङ्ग लगायत राम्रो ठाउँमा कस्ले नाम निकाल्छ ? यसरी हाम्रो देशमा धनि युवाले लिने शिक्षा र गरिव युवाले लिने शिक्षा भिन्न भै सक्यो । अझ बिकराल स्थिती त कक्षा १ मा भर्ना भएका १०० जना बिद्यार्थी मध्ये ६५ जना बालबालिका एसईई सम्म पुग्दैनन् । किनभने ६५ प्रतिसत बालबालिकाहरु गरिबीका कारण बिचैमा शिक्षा लिनबाट बन्चित भै श्रम बजारमा पुगि सकेका हुन्छन् । त्यसमाथि ४५ प्रतिसत युवाले पाउने शिक्षामा पनि बिभेदीकरण छ, ब्यापारीकरण छ । हम्रो देश नेपालमा शिक्षामा अव समान अवसर रहेन । शिक्षा धन, पहुँच र शक्तिका आधारमा किनबेच हुने बस्तु बन्यो जुन राज्यका लागि दुर्भाग्य हो । छोटो शब्दमा भन्नुपर्दा शिक्षा धनि युवा र गरिव युवाले लिने शिक्षामा बिभाजित भैसक्यो। यसरी राष्ट्रको मेरुदण्डको रुपमा रहेका युवाले पाउने शिक्षालाई ब्यावसायीक, प्राबिधिक, गुणस्तरिय र भरपर्दो बनाउन जरुरी रहन्छ नकी भिड जम्मा गर्ने शिक्षा, बेरोजगार उत्पादन गर्नेृ शिक्षा । यस तर्फ राज्यको ध्यान पुग्न जरुरी रहन्छ । जसका लागि देशको माटो सुहाँउदो, हावापानि सुहाँउदो र युवा जनशक्तिलाई बिभेदिकरण नहुने किसिमले सिकाउने, टिकाउने र नेपालमै बिकाउने किसिमले सोच्नुपर्दछ भन्ने जरुरी ठान्दछु ।

यसरी युवाले ब्यावसायीक र प्राबिधिक शिक्षा नपाउनुका कारक तत्वहरुः
 आवस्यक नीति नियममा कमी ।
 प्राबिधिक शिक्षामा कमी ।
 निति निर्माण तहमा युवा सहभागितामा कमी ।
 राजनैतिक अस्थिरता ।

यसरी देश बिकासका मेरुदण्डका रुपमा रहेका युवाशक्तिले प्राबिधिक र ब्याबसायीक शिक्षा नपाउनु र बेरोजगार युवा पैदाहुनुमा जिम्मेवार को त ?

 युवाहरु स्वयं ।
 सामाजिक संरचना ।
 सामाजिक, राजनैतिक संस्कार ।
 श्रमको कदर नहुँनु ।
त्यसोभए यी समस्या समाधानका लागि राज्यले शिक्षामा गरेको बिभेदिकरण हटाउन नितान्त जरुरी छ । अहिले राजयले गरेको बिभेदीकरणका कारण देशमा दुईखाले युवा जनशक्ति उत्पादनभएका छन् । त्यसलाई निराकरण गर्नका लागि सर्बप्रथम त राज्यले शिक्षामा लगानी बढाउनु जरुरी रहन्छ र हाल राज्यले शिक्षामा १० प्रतिसत मात्र लगानी गरेको छ र यस्को दायरा बढाएर न्यूनतम २० प्रतिसत पुर्याएर सार्बजनिक वा सामुदायिक शिक्षामा ब्यबसायीक र प्राबिधिक शिक्षा दिन बिलम्व गर्नु हुँदैन ।
लेखक नेबिसंघ नवलपरासीका निर्वतमान सभापति हुनुहुन्छ ।

You might also like