सचेतनामुलक कार्यक्रम

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको बर्दघाट खोनपानी तथा सरसफाई उपभोक्ता संस्था अन्र्तगत सञ्चालित खानेपानी सुरक्षा योजना समितिले मंगलवार बाढिपिडितमा खानेपानी सम्बन्धी सुरक्षा सरसफाई र जलवायु अनुकुलित खानेपानी सुरक्षा योजनाका बारेमा सचेतनामुलक कार्यक्रम गरेको छ ।


कार्यक्रममा धौलागिरीटोल विकास संस्था, कालिका टोल विकास संस्था, मिलिजुली आमा समुह र ज्ञानज्योती आमा समुहको सहभागिता रहेको थियो ।
सो अवसरमा खानेपानी सुरक्षा योजना समितिका सदस्य एवं स्वास्थ्यकर्मी ईन्द्र लामिछाने र संस्थाका ब्यवस्थापक विष्णुकुमार भुषालले सहजीकरण गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष एवं समितिका संयोजक धातानन्द बस्यालको अध्यक्षता सस्थाका अध्यक्ष ईन्द्र कुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सस्थाका सदस्य एवं खानेपानी सुरक्षा योजना समितिकी सदस्य सृजना आचार्यले गर्नुभएको थियो ।

You might also like