सुनवलमा देशभक्त जनगणतान्त्रिक मोर्चाको संगठन बिस्तार ( फोटो फिचर )

0

रवि पाण्डेय सुनवल (अस्नैयाँ ) – देशभक्त जनगणतान्त्रिक मोर्चा – नेपाल पश्चिम नवलपरासीले संगठन सुदृढ तथा विस्तार अभियानको क्रममा सुनवल नगरपालिकामा संगठन बिस्तार गरेको छ । मंगलवार सुनवल ७ अस्नैयामा वडास्तरीय कार्यकर्ता भेला आयोजना गरी देजमोले संगठन विस्तार गरेको हो ।
सो क्रममा कार्यक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले बिकृति बिसंगति दलालीका बिरुद्ध लाग्न आग्रह गर्दै दलाल तथा भुमाफिया तत्वलाई पार्टीले कारवाही थाल्ने बताउनुभयो । उहाँले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएर सरकारले आफनो फासीवादी चरित्र जनता माझ देखाएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बिशेष अतिथि देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रदेश सदस्य भागीरथ चापागाईले देशभक्त गणतन्त्रवादी प्रगतिशिल एंवम् अन्याय अत्याचारका बिरुद्ध लाग्ने जो कोहीलाई पनि देजमोले संगठित गर्दै नेपाली जनवादी क्रान्तिको कार्यभार पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले शोषित उत्पिडित जनताको पक्षमा देजमो रहेको उल्लेख गर्नुभयो ।
यसैबीच भेलाले सुरेश कुमालको अध्यक्षतामा २१ सदस्सीय वडा कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा मिना सुनार सचिवमा सुमन विक र सदस्यहरुमा बाबुराम बि.क., लालबहादुर बि.क,तुलसी केसी, बिनु बि.क धन बहादुर विक , चुनमाया विक , छविकला पुलामी, जैमाया वि.क रामशोभा बि.क यमकली बि.क. फटक बहादुर वि.क लगायत निर्वाचित हुनुभएको थियो ।

त्यस्तै कार्यक्रमका सहभागीहरुले माओवादी जनयुद्ध र जनआन्दोलनमा घाम पानी खाएका र रगत पसिना बगाएकाहरुलाई मुल नेतृत्वले बिर्सिएको भन्दै क्रान्तिकारी शक्तिहरुबीच एकता र धुब्रीकरण गर्दै अगाडि बढन पार्टी तथा मोर्चाका नेतृत्वलाई सुझाव दिदै त्यसको वैचारिक नेतृत्व क्रान्तिकारी माओवादीले मात्र गर्न सक्ने भएकाले मोर्चामा आबद्ध भएको बताएका थिए ।
कार्यक्रम देशभक्त जनगणतान्त्रिक मोर्चा – नेपाल पश्चिम नवलपरासी जिल्ला समिति सदस्य रवि पुनको अध्यक्षता मोर्चाका युवा नेता पर्शुराम पाण्डेको संचालनमा भएको थियो । कार्यक्रममा ४० जना स्थानीयले देजमोको सदस्यता स्विकार गर्दै सदस्यता लिएको जनाइएको छ ।

You might also like