गुण्डा र अपराधीलाई तह लगाइन्छ – प्रहरी महानिरीक्षक खनाल

0


भुमही २७ फागुन : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले गुण्डा र अपराधीहरुलाई तह लगाएरै छाडने योजना रहेको बताउनुभएको छ । पश्चिम नवलपरासी सुनवल नगरस्थित जर्गहामा रहेको प्रहरी युक्ति तालिम महाविद्यालयको कार्यालय भवन उदघाटनमा बोल्दै उहाँले अपराधीलाई तह लगाएरै छाडने बताउनुभयो । उहाँले देशमा बढदै गइरहेकोे चोरी तस्करी नियन्त्रण र आपराधिक क्रियाकलाप रोक्न एक ठोस रणनीति अपनाएर प्रहरी संगठन अगाडी बढि रहेको जानकारी दिनुभयो । प्रहरी महानिरीक्षक खनालले आपराधिक तथा तस्करलाई साथ दिने र गलत कार्य गर्ने प्रहरीलाई पनि कानुन बमोजिम कार्वाही गर्ने दावी गर्नुभयो । शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन हामी लागि परेका छौ उहाँले सो अबसरमा भन्नुभयो । यसैबीच प्रहरी तालिम महाविद्यालयले २ करोड ८४ लाख ४१ हजार ५४२ रुपैयामा निर्माण गरेको २४ कोठे तिनतल्ले कार्यालय भवनको प्रहरी महानिरीक्षक खनालले रिबन काटी शिलालेख पनि अनावरण गरेका गर्नुभयो । त्यस्तै उक्त महाविद्यालयमा ५ करोड, ४७ लख ४३ हजार ९४१ रुपैयामा निर्माण सम्पन्न भएको २३ कोठे तिनतल्ले ब्यारेक तथा मेस भवनको पनि उद्दघाटन गर्दै सुनवल नगरपालिकाद्धारा आर्थिक सहयोग प्रताप्त भई निर्माण भएको शर्पदंश उपचार केन्द्रको पनि रिबन काटेर उद्घाटन गरिएको थियो । महाविद्यालयका प्राचार्य तथा प्रमुख नल प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यालय भवन उद्दघाटन तथा पुरस्कार एवं सम्मान वितरण कार्यक्रममा विभिन्न पदका प्रहरीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको छ । कार्यक्रममा उक्त विद्यालयबाट तालिम प्राप्त कमाण्डोहरुले आंतकवादी तथा अपराधीहरुलाई नियन्त्रणमा लिन र पिडितहरुलाई रेस्क्यु गर्दै शान्ति सुरक्षा प्रदान गर्ने शैली समेत प्रदर्शन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि अतिरिक्त प्रहरी महानिरिक्षक धिरु बस्नेत, सुनवल नगरपालिका प्रमुख भिम बहादुरा थापा क्षेत्री, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता लगातयले मन्तब्य राख्नुभयो ।

You might also like