जनमतसग्रहले स्वतन्त्र मधेश घोषणा गर्नका लागि बाटो खुल्ला : गठबन्धन

0

परासी – नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सि.के राउत बीच भएको ११ बुदे सहमतिको स्वागत गर्दै नवलपरासी स्थित गठबन्धनका कार्यकर्ताले दिपावली गरेका छन् । उनीहरुले परासीको बुद्ध चोकमा मैनबत्ति बालेर दिपावली गरेका थिए । दिपावली गर्दै कार्यकर्ताले नेपाल सरकारले लोकतान्त्रिक मुल्यमान्यतालाई अंगिकार गरेकोमा सरकार तथा सरकारका प्रधानमन्त्रि केपी ओलीलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । ११ बुदे सहमतिले शान्ति पुर्ण आन्दोलन गर्दै आएका गठबन्धनलाई अब जनमत संग्रह मार्फत स्वतन्त्र मधेश घोषणा गर्नका लागि बाटो खुल्ला भएको बताएका थिए । गठबन्धनका केन्द्रिय सदस्य विजयनाथ यादवले सम्झौतामा तराई मधेशमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक समाधान गर्न भएको सहमतिको आधार (जनमत संग्रह) भएको जनाउदै अब जनमत संग्रह गरेर मधेश स्वतन्त्र गराउन सक्ने तर्क राख्नुभएको थियो । त्यसैगरि गठबन्धनले आफ्ना कार्यक्रममा हुदै आएको सरकारी हस्तक्षेप हट्ने हुदा कार्यक्रम गर्नलाई पनि ११ बुदे सहमति आधार भएको बताएका थिए । सहमतिमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापा र गठबन्धनको तर्फबाट संयोजक डा.राउतले हस्ताक्षर गर्नुभएको थियो ।

You might also like