लागुऔषध सहित एक जना पक्राउ

0

नवलपरासी, १७ फागुन । नवलपरासीको प्रतापपुर गाउँपालिका ४ खैरहनीबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले खैरहनीमा लु १ ख ७१८१ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार नवलपुरको मध्यविन्दु नगरपालिका ४ पनौती निवासी ३७ बर्षी घनश्याम चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरी नावय उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनको साथबाट निट्राभेट १० नामक ट्याब्लेट २ सय ९७ ट्याब्लेट बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिइ लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम शुक्रबार मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

You might also like