पत्रकारिता सम्बन्धि अभिमुखीकरण सम्पन्न

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट २ चिसापानीमा रहेको दिब्यज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुका लागि एक दिने पत्रकारिता सम्बन्धि अभिमुखीकरण शुक्रवार सम्पन्न भएको छ । बिए तृतीय बर्षमा अध्ययनरत बिद्यार्थीहरुका लागि कार्यमुलक नेपाली पत्रकारिता बिषय अन्तरगत सो एकदिने आधारभुत पत्रकारिता सम्बन्धि अभिमुखीकरण गरिएको हो । सो अभिमुख्रीकरणको मुख्य सहजीकरण स्थानीय पत्र साप्ताहिकका प्रबन्ध निर्देशक एंवम् नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष रवि पाण्डेयले गर्नुभएको थियो । सो अवसरमा निर्देशक पाण्डेले सहजीकरण गर्नुका साथै आमसंचार नेपाली पत्रकारिता र समाचार लेखनका बिषयमा कार्यपत्र समेत राख्नुभएको थियो । कार्यक्रममा दिब्यज्योति बहुमुखी क्याम्पसका उप प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलले बिषयबस्तु माथि प्रकाश पार्दै नेपाली पत्रकारितामा भाषिक शुद्धताको बिषय कमजोर रहेको बताउदै त्यसका बिषयमा समेत सजग हुन र समाचारलेखन शुरु गर्न प्रशिक्षार्थीहरु लाई आग्रह गर्नुभएको थियो । सो अभिमुखीकरणमा २१ जना बिद्यार्थीको सहभागिता रहेको थियो । अभिमुखीकरण पश्चात बिद्यार्थीहरुले पत्रपत्रिका तथा छापाखाना सम्बन्धि प्रयोगात्मक तयारी समेत गर्ने दिब्यज्योति बहुमुखी क्याम्पसले जनाएको छ ।

You might also like