नेपाल पत्रकार महासंघ नवलपुरको निर्वाचन तालिका सार्वजनिक

0

नवलपरासी : पश्चिम नवलपरासीको नेपाल पत्रकार महासंघ सर्बसम्मत चयन भएपछि नयाँ जिल्लाको रुपमा विभाजन भएको नवलपुर जिल्ला सर्बसम्मत नेतृत्व चयन गर्न दबाब परेपनि निर्वाचन कार्यक्रम भने सार्वजनिक भएको छ । सोमवार निर्वाचन कार्यक्रमकै बीचमा सहमति जुटाउन पहल गर्ने गरी महासंघ नवलपुरको बिशेष अधिबेशन फागुन १८ गर्ने सार्वजनिक भएको हो । सोमबार निर्वाचन मण्डलको वैठक पछि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन मण्डलका भुपेन्द्र शर्मा भट्टराईले बताउनुभयो । तालिका अनुसार १८ गते शनिबार विहान ९ बजेदेखि १ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ । सोमबार सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताहरुको नामावली प्रकाशन गरिने छ । नवलपुरमा नेपाल पत्रकार महासंघको एक सय ११ जना साधारण सदस्य रहेका छन् । नवलपरासी दुई जिल्लामा विभाजन भएपछि नवलपुरमा रिक्त पदमा निर्वाचन हुन लागेको हो । परासीमा हरि शर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी निर्वाचन भईसकेको छ ।
दश रिक्त पदका लागि निर्वाचन हुने
नवलपुरमा एक खुल्ला उपाध्यक्ष, एक सचिव र एक समावेशी सहसचिव गरी ३ वटा पदाधिकारी सहित १० पद रिक्त रहेको छ । उमेदवार हुन चाहानेले फागुन १५ गते बुधबार विहान १० बजेदेखि २ बजेसम्म उम्मेवारी दर्ता गर्न सकिने तालिकामा उल्लेख गरिएको छ । फागुन १५ गते उम्मेदवारको मनोनयन पत्र वितरण र दाखिला, उम्मेदवारको प्रथम नमावाली प्रकाशन र उम्मेदवार मनोनयनमाथि दाबी विरोध तथा १७ गते बेलुका ४ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय तोकिएको छ । सोही दिन उम्मेदवारको अन्तिम नामावाली प्रकाशन भई फागुन १८ गते विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने जनाइएको छ । नवलपरासी दुई जिल्लामा विभाजित भएसँगै पूर्वी नवलपरासी शाखामा खुला उपाध्यक्ष, सचिव, समावेशी सहसचिव, खुल्ला सदस्य ५, मधेसी र दलित सदस्य एक एक जनाको पदरिक्त छ ।
चार संगठनको संयुक्त वैठक
यसैबीच सोमबार नै नवलपुरमा रहेको पत्रकारहरुको संगठनको संयुक्त वैठक बसी रिक्त पदमा सहमति गरी निर्वाचनमा जाने तथा निर्वाचनका लागि सबै संगठनले सक्दो सहयोग गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले बताउनुभयो । वैठकमा क्रान्तिकारी पत्रकार महासंघका तर्फबाट केन्द्रिय उपाध्यक्ष नारायण पंगेनी, प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुली, प्रेस चौतारी नवलपुरका अध्यक्ष हिमालदेव पंगेनी, प्रेस सेन्टर नवलपुरका अध्यक्ष अर्जुन अविरलको सहभागिता रहेको थियो ।

You might also like