सांसद अधिकारीले गरे क्वारेन्टाइनको निरिक्षण

0

बर्दघाट १३ चैत्र – प्रदेश सभा सदसय दिपेन्द्र कुमार अधिकारीले विहीवार सरावल गाउंपालिकाको वडा नं.७ भुजहवामा स्थापना गरिएको अस्थाई क्वारेन्टाईनको निरिक्षण गर्नु्भएको छ । निरिक्षणका क्रममा उहांले वडाध्यक्ष हयात अली खां संग त्यस क्षेत्रका मानिसहरुको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिनुका साथै, भारतीय नाका वाट मानिसहरुको आवत जावतका वारेमा समेत जानकारी लिनु भएको हो ।
त्यसैगरी भुजहवामा स्थापना गरिएको अस्थाई क्वारेन्टाईनमा विजुली ,पानी,शौचालय लगायतको ब्यवस्था भए नभएको वारेमा जानकारी लिदै कुनै समस्या भएमा तत्काल खवर गर्न आग्रह पनि गर्नु भएको थियो । सो क्रममा सरावल गाउंपालिका वडा नं.७ का वडाध्यक्ष खांले अहिले सम्म कुनै पनि समस्या नरहेको बताउदै पूर्व सतर्कता अपनाईएको जानकारी गराउनु भएको थियो ।

You might also like