सांसद त्रिपाठीद्धारा निरकु माविको स्वर्ण महोत्सव उद्घाटन

0

जहदाँ ११ फागुन -नित्यानन्द रत्नकुमारी माध्यामिक विद्यालयको स्वर्ण महोत्सव शुरु गरिएको छ । भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको बिद्यालयको स्वर्ण महोत्सवको पश्चिम नवलपरासी प्रतिनिधि सभा १ का संघिय सासद हृदेश त्रिपाठीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै साँसद त्रिपाठीले नित्यानन्द रत्नकुमारी माध्यामिक विद्यालय जहदालाई आगामी बर्षको सांसद विकास कोषमार्फत ३० लाखको स्कुल बस र थप २० लाख रुपैया आर्थिक सहयोग गर्ने उद्घोष गर्नुभएको थियो । सांसद त्रिपाठीले स्वर्ण स्तम्भको शिलन्यास समेत गर्नुभएको थियो । स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै संविधान सभा सदस्य विक्रम खनालले विद्यालयको शैक्षिक विकासुका लागि अझ बढि प्रयत्न गर्न आवश्यक रहेको औल्याउनुभएको थियो । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले नगरपालिकाले शिक्षाको विकासका लागि विभिन्न कार्यहरु गर्दै आईरहेको र आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपमेयर माया पौडेल, वडा नम्बर १२ का वडा अध्यक्ष मान बहादुर मल्ल, दिब्यज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक हुमनाथ आचार्य, स्वर्ण महोत्सवका मुख्य दान दाता मनोज कार्की लगायतले शुभकामना मन्यब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बेद बहादुर चौधरीको अध्यक्षता, मुल आयोजक समितिका सह संयोजक तुलसीराम न्यौपानेको स्वागत गर्नुभएको थियो ।

You might also like