१४ बुदें नवलपरासी घोषणापत्र जारी गर्दै सकियो विप्लव निकट प्राध्यापक संगठनको सम्मेलन

0

रवि पाण्डेय नवलपरासी २६ माघ : विप्लव नेतृत्वको नेकपा निकट प्राध्यापक संगठनको राष्टिय सम्मेलन १४ बुदें नवलपरासी घोषणापत्र जारी गर्दै सकिएको छ । पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा माघ २४ र २५ गते भएको चौथो राष्टिय सम्मेलनले १४ बुदें घोषणापत्र जारी गरेको हो । सम्मेलन पछि शनिवार पत्रकार सम्मेलन गरी संगठनले सो जानकारी दिएको थियो । सम्मेलनबाट डा. मोहन खतिवडाको नेतृत्वमा २५ सदस्सीय नयाँ नेतृत्व समेत चयन गरिएको छ । सो केन्द्रिय समितिको उपाध्यक्षमा डा.भगवान चन्द्र ज्ञवाली महासचिवमा हिमलाल पराजुली सचिवमा खोपीराम वली कोषाध्यक्षमा भिम बहादुर भण्डारी चयन हुनुभएको केन्द्रीय सदस्य डा.शिवशंकर बस्यालले बताउनुभयो । त्यस्तै सम्मेलनले विश्वबिद्यालयमा देखिएका बिकृति तथा पेशागत अधिकार सम्बन्धि १४ बुदें घोषणा सहित संर्घषका कार्यक्रम तय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
त्यस्तै पत्रकार सम्मेलनमा बितरित बिज्ञप्ति अनुसार सम्मेलनको विप्लव नेकपाका नेता तथा जनसरकार प्रमुख सन्तोष बुढा मगरले उद्घाटन गरेका थिए । पत्रकार सम्मेलन नवनिर्वाचित अध्यक्ष मोहन खतिवडाको अध्यक्षता महासचिव हिमलाल पराजुलीको संचालनमा भएको थियो ।

You might also like