संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

0

नवलपरासी – पश्चिम नवलपरासीको भुताहामा रहेको संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन कार्यालय नवलपरासीका बन अधिकृत प्रेम शंकर चौधरीको प्रमुख आतिथ्यतामा साधारण सभा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका डिभिजन बन कार्यालय नवलपरासीका वन अधिकृत चौधरीले वैज्ञानीक वन कार्यक्रम सरकारले कार्यक्रमकै रुपमा लागु गरेको बताउनुभयो । चौधरीले बैज्ञानिक बन कार्यक्रममा जांदा आम्दानी बढि हुने तर आर्थिक अपारदर्शीता बढ्ने गरेको भन्दै बैज्ञानिक बन कार्यक्रम जति राम्रो छ उतिनै तनाव हुने खालको भएको बताउनुभयो । कार्यक्रममा बोल्दै विशेष अतिथिको रुपमा रहनुभएका वर्दघाट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कविराज आचार्यले बन क्षेत्रमा बैज्ञानिक बन कार्यक्रम लागु भए संगै सोच पनि बैज्ञानिक हुनुपर्ने बताउनुभयो । आचार्यले बन र मानव जीवन विच घनिष्ठ सम्बन्ध रहेको समेत बताउनुभएको थियो । बनको १६ औं साधारण सभामा अध्यक्ष मदन बहादुर शाहिले प्रतिवेदन प्रस्तुत गर्दै बन क्षेत्र अतिक्रमणको चपेटामा पर्ने क्रम बढ्दै गएको बताउनुभएको थियो । शाहिले संसारकोट सामुदायिक बन पनि पटक पटक विभिन्न ब्यक्तिहरुको निजी स्वार्थ पुरा गर्नका लागि समेत चपेटामा पर्ने गरेको बताउनुभयो । संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गदै संस्थाका सचिव प्रेम प्रसाद अधिकारीले बन विकास र ब्यबस्थापकिय पक्षलाई मध्यनजर गर्दा बन दोहोरो नितिका कारणले मर्कामा परेको बताउनुभयो । नितिकै कारण सामुदायिक बनहरु जति अगाडि बढ्नुपर्ने हो त्यसमा बाधा पुगेको अधिकारीले बताउनुभयो । संस्थाका कोषाध्यक्ष कमल पराजुलीले संसारकोट सामुदायिक बनले बर्षौं देखि अतिक्रमणमा परेको करिव १५ हेक्टर बन क्षेत्र मा तारबार र बृक्षारोपण गरिएको र अतिक्रमित क्षेत्र बन भित्र ल्याउन सफल भएकोे बताउनुभयो । त्यसैगरी पत्रकारिता मार्फत बन क्षेत्रमा पुराएको योगदानको कदर गर्दै दौतरी एफ एम १०५.८ मेगाहर्जलाई सम्मान समेत गरिएको थियो । सम्मान पत्र र नगद पुरस्कार सहित रेडियोलाई सम्मान गरिएको हो । सामुदायिक वनले एस ई ई मा उत्कृष्ट जिपिए ल्याउने उमेश आचार्य र सामुदायिक वन भित्र जडिवुटि खेती गर्ने संसारकोट जडिवुटि महिला समुहलाई समेत सम्मान गरेकोे थियो । कार्यक्रममा चन्द्रकान्त ढकाल, पञ्चनगर खानेपानीका पूर्व अध्यक्ष लोमा वाग्ले, राजा महात्मा पूर्णभद्र मावीका विद्यालय ब्यबस्थापन समितिका अधयक्ष टुक प्रसाद बस्याल, सामुदायिक बन जिल्ला महासंघ नवलपरासीका सचिव शारदा पोखरेल, बन महासंघ प्रदेश नम्बर ५ का सदस्य नारायण पाण्डे, बनका पूर्व अध्यक्ष शम्भुलाल श्रेष्ठ, लगायतले बोल्नुभएको थियो ।

You might also like