नवजिवनमा २५ हजारको अक्षयकोष

0

बर्दघाट- सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दघाट शाखाले आईतबार एक कार्यक्रमका बीच नवजीवन माध्यमिक विद्यालय बर्दघाट ४ बाढिपीडीतका गरिब तथा जेहेन्दार विद्यार्र्थीका लागि अक्षयकोष स्थापना गरेको छ । इन्स्योरेन्स कम्पनीका अभिकर्ताद्धारा तिहार पर्वलाई लक्षित गरि खेलिएको भैलोबाट उठेको रकम विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गरिएको हो ।  रकम हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जु चालीसेको अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कम्पनीका शाखा प्रमुख पुष्पा अर्यालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि धिरज शर्मा बस्यालले नगर क्षेत्र भित्रका विद्यालयहरुलाई ब्यवस्थित बनाउदै लैजाने उदेश्यका साथ नगरपालिकाले काम गरिरहेको जिकिर गर्दै नगर भित्रका बाल शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजाको ब्यवस्था समेत गर्दै आएको र विद्यालयमा भौतिक सरंचना सम्पन्न भएर मात्रै गुणस्तरिय शिक्षा नहुने हुदा विद्यालयमा पढाउने शिक्षकहरुले आफुहरुलाई समय सांदर्भिक निखरता ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेल, पत्रकार नारायण भण्डारी लागयतले शुभकामाना दिनुभएको थियो । कार्यक्रममा धन्यबाद ज्ञापन विद्यालयका शिक्षक एवं कार्यक्रम संयोजक राज किशोर चौधरी र सञ्चालन कम्पनीका अभिकर्ता आश्विन परियारले गर्नुभएको थियो । अक्षयकोष २५ हजारको रहेको बताइएको छ ।

You might also like